किन विभेद हुन्छ महिला फुटबल टोलीमाथि ?
अमेरिकाको राष्ट्रिय महिला टिमले गत वर्ष विश्वकप फुटबलको उपाधि जितेपछि फुटबलमा महिला र पूरुषबीच हुने विभेदको बहस फेरि सुरु भयो । महिला विश्वकप विजेता अमेरिकी टोलीले केवल २ मिलियन अमेरिकी डलर पुरस्कार स्वरुप थाप्यो, जुन जर्मनीले सन् २०१४ मा विश्वकप जित्दा हात पारेको ३५ मिलियन अमेरिकी डलरभन्दा ३३ मिलियनले कम हो । पुरुष विश्वकपमा सहभागी भएकै आधारमा सबै ३२ टिमले न्यूनतम ८ मिलियन डलर पाउँछन् । जबकी महिला विश्वकप जित्नेको भागमा केवल २ मिलियन डलर पर्छ । ठीक यस्तै विभेद अहिले नेपाली फुटबलमा छर्लगैं देखिएको छ । नेपाली महिला फुटबलले पछिल्ला केही वर्ष एकपछि अर्को प्रतियोगितामा उत्कृष्ट खेल्यो । नेपाली महिला टोलीले यो पनि प्र्रमाणित गरिदियो कि यस क्षेत्रमा भारतपछि नेपाल नै बलियो शक्ती हो । तर राज्यले भारतलाई हराउन के गर्नुपर्छ भन्ने सम्बन्धमा कहिल्यै सोच विचार गरेन । अखिल नेपाल फुटबल संघले महिला फुटबलरहरुलाई व्यस्त राख्न के गर्ने भनेर कहिल्यै योजना बनाएन । फलत: नेपाली महिला फुटबल जहाँको त्यही नै रह्यो । ६ वर्षअघि बंगलादेशको कक्सबजारमा भारतसँग पराजित भएर दक्षिण एशियाली खेलकुदमा स्वर्ण जित्न असफल नेपाल यसपटक पनि रजत पदक नै बोकेर फर्कियो । विचारणीय कुरा के छ भने नेपालले २०१० पछि खेलेका २८ खेलमध्ये केवल ६ खेलमात्रै हारेको छ । यसबीच नेपाल ६ पटक नै भारतसँग पराजित भएको छ । नेपालले २१ खेल जितेको छ भने बाँकी एक खेलमा भारतसँग नै बराबरी खेलेको छ । पुरुष फुटबलको तुलनामा नेपाली महिला फुटबल टोलीले हात पारेको यो जीतको शृंखला निकै ठूलो छ । तर यसबीच महिला फुटबल टोलीले राज्यबाट पुरुष फुटबलले जस्तो स्वागत र सम्मान भने पाएको छैन् । यसै पटक दक्षिण एशियाली खेलकुदमा नेपालको यू २३ टिमले पूरुष फुटबलतर्फ स्वर्ण जित्दा टोलीको सम्मानमा जनसागर ओर्लियो । तर महिला टिमले विगत ६ वर्षदेखी २ पटक दक्षिण एशियाली खेलकुद प्रतियोगिता र २ पटक महिला साफ च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको तथ्यबारे विरलै नेपाली जानकार छन् । विगत ६–७ वर्षदेखि अन्तर्राष्टिय प्रतियोगितामा प्रतिस्पर्धा गरिरहदाँ नेपालको प्रदर्शन आरालो लागेको छैन । तर यस्तै अवस्था कायमै रहिरहे भविष्यमा नेपाल कमजोर हुनसक्छ । नेपाली महिला टोलीका प्रशिक्षक ध्रुब केसी नयाँ एज ग्रुप नेपाली फुटबलका लागि आवश्यक रहेको बताउँछन् । नयाँ खेलाडीहहरु आउनका लागि नयाँ नयाँ कार्यक्रमहरु अखिल नेपाल फुटबल संघले ल्याउनुपर्ने उनको सुझाव छ । विगतका प्रतियोगिताहरुमा भारतमात्रै नेपालको प्रतिद्धन्द्धी रहने गरेपनि यसपटक बंगलादेश, श्रीलंका र माल्दिभ्सले समेत धेरै प्रगती गरेको प्रशिक्षक ध्रुब केसीको बुझाई छ । नेपालले आफ्नो खेललाई सुधान नसक्ने हो भने बिस्तारै फाइनल प्रवेश नेपालका लागि कठिन बन्न सक्ने उनी बताउँछन् । विभेद छ नेपाली फुटबलमा नेपाली फुटबल टिमलाई अहिले विभागिय टोलीहरुले धानेका छन् । राष्टिय प्रतियोगिताका लागि पुलिस, सशस्त्र र आर्मी क्लबले बनाएका टोलीमा राष्टिय खेलाडीहरु निर्भर छन् । नेपाली टोलीका सबै खेलाडी आर्मी, सशस्त्र वा पुलिसका जागिरे हुन् । विभागिय टोलीहरुले महिला फुटबलरहरुलाई प्रोत्साहन र जागिर दिएपनि राज्यका अन्य निकायबाट भने उनीहरु ठगिएका छन् । भर्खरै दक्षिण एशियाली फुटबल प्रतियोगितामा स्वर्ण जितेर फर्किएको नेपाली टोली सदस्यहरुलाई जनही ५ लाख दिने घोषणा राष्टिय खेलकुद परिषद्ले गर्यो । जबकी यू–२३ टोलीले प्रतिस्पर्धा गरेको फाइनल खेल थियो, त्यो । यता, महिलातर्फ सिनियर खेलाडीले नै खेलेर फाइनल यात्रा गरेका थिए, तर उनीहरुका लागि सरकारले तोकेको रकमभन्दा बढी केही प्राप्त भएन । नेपालमा महिला फुटबलरहरु नेचुरल्ली कमजोर हुन्छन् भन्ने परिपाटी हाबी रहेका कारण पनि महिला फुटबलको विकासमा बाधा देखिएको विज्ञहरु बताउँछन् । राम्रो तयारी गर्न पाए दक्षिण एशियाली स्तर मात्रै नभएर एशियाली स्तरमा समेत प्रतिस्पर्धा गर्ने क्षमता नेपाली खेलाडीहरु राख्छन् । तर एन्फाले पर्याप्त वातावरण बनाएको छैन् । महिला फुटबलमा अहिलेसम्म ठोस कार्यक्रम नै नबन्दा खेलाडीहरु छोटो प्रशिक्षणकै भरमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान्छन् ।
उपलब्धिपूर्ण पक्ष सिमित श्रोत साधनका बाबजुद यसपटक रजत पदकमै सिमित भएपनि नेपाली फुटबल टिम भारतबाट नयाँ इतिहास कोरेर फर्किएको छ । यसअघि ५ खेलमा भारतसँग पराजित भएका नेपाली टोलीले लिग चरणको खेलमा पहिलोपटक भारतलाई बराबरीमा रोक्यो । भारतसँगको खेलबाहेक बाँकी सबै खेल जितेको नेपाल भारतभन्दा अघि रहेर समूह विजेताका रुपमा सेमिफाइनलमा पुग्यो । सेमिफाइनल खेल समेत जितेर अघि बढेको नेपाली टोली फाइनलमा भने भारतसँग पराजित भयो र अन्नत फेरि उपाधीविहिन बन्यो । सम्भावना बोकेका खेलाडी नेपाली टोलीकी कप्तान अनु लामा सबैभन्दा स्टार खेलाडी हुन् । उनले अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको गोलसंख्या ३३ पुग्यो । यसबाहेक टोलीमा अन्य थुप्रै सम्भावना बोकेका खेलाडीहरु छन् । पूरुष हुन्थे भने उनीहरु अहिलेसम्म स्टार भइसक्थे । फरवाड लाईनमा सावित्रा भण्डारी, डिफेन्समा हिरा भूजेल, अमृता जैसी, अन्चिला वाईवा, मिडफिल्डमा अनि बस्नेत लगायतका खेलाडीको प्रदर्शन पछिल्लो समय जबजस्त देखिएको छ । विश्वमै पछाडी परेको छ महिला फुटबल फिफा बेलोन डि अर अर्थात विश्व वर्ष खेलाडीको घोषणा हुनपूर्व नै पुरुषतर्फका दाबेदारहरुको नामावली लामो समय चर्चा रहन्छ । तर महिलातर्फ कसले वर्ष खेलाडीको उपाधी जित्यो भन्ने समेत त्यति चासोको विषय रहनछ । विश्वमै मिडियाहरुले जूनप्रकारले पुरुष फुटबलको हाइलाइट गर्छन्, त्यसरी महिला फुटबललाई हाइलाइट गर्दैनन् । नेपालजस्तो देशका लागि यो एउटा राम्रो अवसर पनि हो । विश्वका ठूला देशमा पनि महिलाको घरेलु लिग नियमित आयोजना हुन्न । जबकी पुरुष फुटबलमा घरेलु लिगको नियमित आयोजना अनिवार्य जस्तै छ । नेपालले महिलातर्फ पनि राष्ट्रिय लिग नियमित आयोजना गरिरहेको छ । तर पूरुष फुटबलतर्फ जस्तै नियमित रुपमा मोफसललमा पनि नकआउट प्रतियोगिता आयोजना हुने हो भने नेपालको महिला फुटबल निकै अगाडी पुग्नसक्छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण