बन्दुक छाडेर हातमा झाडु बोक्दै नेपाल प्रहरी
वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले नेपालको आर्थीक राजधानिको रुपमा चिनिने वीरगञ्ज शहर आज देखि सरसफाइ अभियान शुरु गरेको छ । अभियान अन्त्र्गत आज नेपाल प्रहरीले वीरगन्जको घण्टाघर र आसपासको क्षेत्रमा सरफाइ गरेको छ । वीरगन्ज उपमहानगरपालिका , वीरगन्ज उद्योग वाणिज्य संघ , वीरगन्ज पब्लिक कलेज र केआइ नेपाल नामक संस्थाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको सरसफाइ कार्यक्रममा प्रहरी , विधार्थी , केआइ नेपाल र उपमहानगरपालिका कार्यालय कर्मचारीहरुले घण्टाघरको भित्र र बाहिरको पर्खाल तथा नजिकै रहेको बाबा राजजनम तिवारीको शालिक परिसरमा सरसफाइ गरेका हुन् ।
सरसफाइ कार्यक्रममा पर्साका प्रमुख जिल्ल अधिकारी केशवराज घिमिरे , प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ, प्रहरी नायव उपरिक्षकद्वय होविन्द्र बोगटी र यादव घर्ती मगर , वीरगन्ज उपमहानगरपालिका कार्यालयका निमित्त प्रमुख प्रकाश अमात्य लगायतको पनि सहभागीता रहेको थियो । वीरगन्जमा गत साता देखि सन्चालन गरिएको ‘हाम्रो साथी प्रहरी’ नामक अभियान अन्तर्गत वीरगन्ज नगरमा आज देखि सरसफाइ अभियान पनि सन्चालन गरिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले रातोपाटीलाई बताए ।
वीरगन्ज शहरलाई आकर्षक र सुन्दर बनाउनको लागि सरसफाई अभियान सुरु गरिएको भन्दै प्रहरी उपरिक्षक श्रेष्ठले सरसफाइ अभियान अन्तर्गत साताको हरेक शनिवार वीरगन्जका सार्वजनिक स्थलमा प्रहरीले सरसफाइ गर्ने बताए । उहाले नगरमा रहेका सार्वजनिक सम्पदा र सार्वजनिक स्थललाई पोष्टर पम्प्लेट मुक्त क्षेत्र बनाएर सहरलाई सुन्दर र आकर्षक बनाउनुका साथै पर्यटन प्रवद्र्धन गर्न सहयोग पुगोस भनेर सरसफाई अभियानको थालनी गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण