मूल्य निर्धारण नहुँदा मंसिरमा काट्नु पर्ने उखु फागुनमा सुरु
कावासोती – नवलपरासी जिल्लाको नवलपुर क्षेत्रका उखु किसानहरुले मंसिर महिना देखी काट्नु पर्ने उखु फागुन लागेपछि मात्र काट्न सुरु गरेका छन् । उखुको मूल्य निर्धारण भएपनि उचित मुल्य नपाएको भन्दै यस क्षेत्रका उखु किसानहरु उखु काट्ेका थिएनन् । तर नवलपुर क्षेत्रका किसानले साहुको ऋण तिर्न उखु काट्न थालेको बताएका छन् । उखु बेचेर चाडपर्व अनि घर व्यवहार चलाउने सोचमा रहेका किसान उखु क्रसिङको समय हुदा पनि मूल्य निर्धारण नहुँदा साहुको ऋण तिर्न वाध्य भएर उखु काट्न थालेको मध्यबिन्दु नगरपालीका साबिक नारायणी गाविसका उखु किसान बमबर बहादुर महतोले बताए । चाडपर्वमा लिएको ऋण तिर्न र विवाहको समयमा घरमा हुने विवाह खर्चका लागि किसानहरुले उखु काटेका हुन् । यसरी काटिएका उखुहरु जिल्लाभित्रै रहेको दुई दर्जन क्रसर उद्योगहरुलाई बिक्री गरेका छन् । केही किसानले मूल्य निर्धारण भएपछि कायम हुने रकम दिन उद्योग सहमत भएपछि मिललाई उखु दिएका छन् भने केही किसानले तत्काल खर्च चलाउन स्थानीय क्रसर उद्योगहरुलाई उखु विक्री गरिरहेका छन् । क्रसर उद्योगहरुले क्वीन्टल उखुको ३ सय ७० रुपैयाँमा खरिद गरेका छन् । गत बर्ष उखुको मूल्य प्रति क्वीन्टल ४ सय ११ रुपैयाँ ५० पैसा निर्धारण गरिएकोमा यसबर्ष ६ सय १५ रुपैयाम् कायम हुनुपर्ने माग राख्दै किसान र उद्यमीवीच वार्ता भएपनि कुरा नमिल्दा समस्या भएको प्रसौनिका किसान चुरामणी महतोले बताए । उद्यमीहरु भारतमा हुने उखुको मुल्य निर्धारणपछि सोही मूल्य नेपाली उखुलाई पनि दिने तयारीमा छन् । यसवर्ष नवलपरासीमा करिब ३० लाख क्वीन्टल उखु उत्पादन भएको उखु उत्पादक संघ नवलपरासीले जनाएको छ । मूल्य, भुक्तानीलगायतका विषय लिएर वर्षौंदेखि उद्योगसँग विवाद चल्दै आएको छ, नवलपरासी क्षेत्रमा आन्दोलन पनि हुन्छ । तर, किसानले राहत महसुस गर्ने अवस्था भने आउन नसकेको किसानहरुको गुनासो छ । धान बालीभन्दा बढी आम्दानी हुने लोभमा नवलपुर क्षेत्रका किसान उखु खेतीमा लागेका हुन् । किसानले उत्पादन गरेको उखु खरिद गर्ने एक दर्जन चिनी उद्योग छन् । तर, ती उद्योगले सरकारले निर्धारण गरेकै मूल्य पनि दिन आनाकानी गर्ने गरेका छन् । सरकारले गत वर्ष प्रतिक्विन्टल ४ सय ६१ रुपैयाँ मूल्य तोकिदिएको थियो, यसपालि घटाएर ४ सय ४८ रुपैयाँ तोकेको छ । सरकारले चिनीमा ९० प्रतिशत भ्याट छुट दिँदै त्यो रकम उखुमा जोडिने गरी मूल्य निर्धारण गरेको हो । सरकारले २० वर्षदेखि किसानले पाउने गरी चिनीमा ५० प्रतिशत भ्याट छुट दिँदै आएको थियो । उद्योगहरूले तोकिएको मूल्य नदिई उल्टै दलाल खडा गरेर किसानबाट प्रतिक्विन्टल ३ सय रुपैयाँमा खरिद गर्न बाध्य गराएको एक किसानको भनाई छ । उक्त किसानले भने– यो सोझै ठगी हो । उद्योगले चलान (उखु ल्याउने पुर्जी) दिन आनाकानी गर्ने भएकाले किसानहरू बाध्य भएर दलालमार्फत उखु बेच्न बाध्य हुने गरेको मैनाघाटका हरी भण्डारीले बताए । भण्डारीले भने– उखु तत्काल र नजिकैको उद्योगलाई बेच्नुको विकल्प पनि किसानसँग छैन । हात्तीलाई उखु नवलपरासीको नवलपुर क्षेत्रका केही उखु किसानहरुले चिनी उद्योगहरुले उचित मुल्य नदिएका भन्दै चितवनको सौराहा, नवलपरासीको अमलटारी लगायतका क्षेत्रहरुमा पालिएका हात्तीहरुलाई खुवाउनको लागी उखु बेच्न लाने गरेका छन् । मध्यबिन्दु नगरपालीका साबिक नारायणी गाविसका ईन्द्र नारायण र्शमाको अनुसार चिनि उद्योगहरुले उखु किसानहरुलाई उचित मुल्य नदिने र उपलब्ध गराएको मुल्य पनि समयमा नदिएको कारणले गदा आफुहरुले हात्तीलाई खुवाउनको लागी बेच्ने गरेको जानकारी दिए । उक्त्त क्षेत्रमा उखु प्रती क्वीन्टल उखुको ४ सय ५० रुपैया दिने गरेको र यो मुल्य चिनि उद्योगहरुले दिने मुल्यको तुलनामा केही बढी रहेकाले हात्तिलाई खुवाउनको लागी सौराह र अमलटारी क्षेत्रमा लगेर बेच्ने गरेको बताएका छन् । यो बर्ष लगाएको उखु हात्तिको लागी खुवाउन बेच्नुपरेका कारण अर्का बर्ष उखु खेती नै नलगाउने नारायणी क्षेत्रका किसानको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण