सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

म धेरै अगाडि बढीसके सभापतिबाट कुनै हालतमा ब्याक हुन्न : सुजता

शनिबार, १५ फागुन २०७२, १५ : २४
शनिबार, १५ फागुन २०७२

काठमाडौ - नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफूले कसैसँग बार्गेनिङ्ग गर्नकोलागि १३ औ महाधिवेशनमा सभापति पदकोलागि उम्मेदवारी घोषणा नगरेको स्पष्ट पार्दै उम्मेदवारी कुनै पनि हालतमा फिर्ता नहुने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भनिन्,‘ मैले बार्गेनिङ्गको लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेकी होईन । म धेरै अगाडि बढीसके अब पछि हट्ने सम्भावना छैन । अब मलाई अरुले सपोर्ट गर्नुपर्छ । म यसपटक पनि ब्याक भए कांग्रेसमा महिला नेतृत्व १५ वर्षपछि पर्छ ।’ साक्षात्कारमा कोइरालाले आफूलाई कांग्रेसका देशै भरीका कार्यकर्ताहरुको समर्थन रहेको दावी गर्दै विजयी हुने ठोकुवा गरिन् । ‘१२ औं अधिवेशनमा मैले महामन्त्री त्याग गरेकै हु, सधै भरी मैले मात्रै त्याग गर्ने कुरा हुँदैन,’ उनले भनिन् कोइरालाले पार्टी भित्र बीपी देखि गिरिजाप्रसाद कोइरालासम्मको योगदानलाई समाप्त पार्ने ग्राईण्ड डिजाईन भईरहेको भन्दै आफू र काग्रेसलाई पनि समाप्त पार्ने षडयन्त्र भईरहेको बताईन् । कोइरालाले पार्टीभित्र गुटबन्दी, भागबण्डा अन्त्य गरे यूवाहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा एक्सपोजर दिलाउन पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको भन्दै विगतमा नेताहरुले दिएको योगदान विर्सिए कांग्रेस नै समाप्त हुने चेतावनी दिईन् । उनले कोइराला परिवारको समेत आफूलाई समर्थन भएको दावी गर्दै बाहिर आएका कुराहरु गलत भएको दावी गरिन । कोइरालाले भनिन,‘ शसांक कोइराला, शेखर कोइरालासँग मेरो कुरा भएको छ । मलाई उनीहरुले समर्थन जनाएका छन ्र बाहिर आएका कुराहरु गलत भएको आश्वास्त पारेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप