बाग्मतीबाट नौ टन फोहर उठाइयो
काठमाडौँ - बाग्मती नदीलाई मरेका चौपाया र फोहर फाल्ने डस्टबिन नबनाउन अपिल गरिएको छ ।
बाग्मती सफाइ महाअभियानको १४६ औँ साताअन्तर्गत सुविधानगरस्थित नदीबाट आज मरेको केही कुकुरसहित नौ टन फोहर उठाइएको छ ।
नदी वरपरका बस्तीबाट फ्याँकिएको प्लास्टिकजन्य फोहरलाई उठाउने तथा सड्ने खालको फोहरलाई सङ्कलन गरेर नष्ट गर्ने काम हुँदै आएको छ ।
सफाइ अभियानमा वरपरका बस्तीबाट आशा गरेअनुरुपको सहभागिता अहिलेसम्म भएको देखिँदैन ।
नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौडेलको अगुवाइमा बाग्मती सफाइ अभियानले निरन्तरता पाउँदै आएको छ ।
सफाइ अभियानमा खासगरी पछिल्लो समय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ महानगरपालिका, अरु सङ्घसंस्था र व्यक्तिले सघाउँदै आएका छन् ।
सफाइ अभियानका क्रममा बाग्मती पुगेका विद्यार्थीलाई अभियन्ता पौडेलले बाग्मती सम्यताको इतिहास र नदीको महत्वबारेमा जानकारी दिने काम सुरु गरेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण