बाटो बनाउन सगरमाथा आधार शिविर हिँडे आईसफल डाक्टर
सोलुखुम्बु - सगरमाथा आरोहणका लागि बाटो बनाउन आईसफल डाक्टरहरु सगरमाथाको आधार शिविरतर्फ लागेका छन् । हरेक वर्ष सगरमाथा आरोहणको समयमा सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति(एसपीसीसी) का आइसफल डाक्टर (हिउँमा बाटो बनाउनेहरु) आज नाम्चेबाट सगरमाथाको आधारशिविरतर्फ हिँडेको एसपीसीसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिए। राईका अनुसार १० जना आईसफल डाक्टर तथा व्यवस्थापकीय कर्मचारीसहितको टोली आज नाम्चेबाट सगरमाथाको आधार शिविरतर्फ हिँडेको हो । उनीहरुले आधार शिविरमा पुगेर क्याम्प खडा गरी बाटो निर्माणको काम गर्नेछन् । गत वैशाख १२ गते भूकम्पसँगैको हिमपहिरोले बाटो धेरै बिगारेको कारण यस वर्ष बाटो बनाउन बढी मेहनत गर्नुपर्ने जनाइएको छ । आधार शिविरबाट अगाडि आईसफल प्रशस्त भएको ठाउँबाट बाटो खोल्दै एसपीसीसीको टोलीले दोस्रो शिविरसम्म बाटो बनाउनेछ । त्यहाँभन्दा अगाडि पनि विभिन्न आरोहण दल तथा आरोहण सञ्चालकले तिनै आईसफल डाक्टर प्रयोग गरेर बाटो बनाउने गर्छन् । हिमपहिरोका कारण लगातार दुई वर्ष सगरमाथा आरोहण अवरुद्ध हुदै आएको छ । २०७१ सालको वैशाखमा हिमपहिरोमा परी १६ जना आरोहण सहयोगीको मृत्यु भएपछि त्यो वर्ष आरोहण रोकिएको थियो भने गत वर्ष वैशाखमा आएको भूकम्पसँगै हिमपहिरो गएको कारण आरोहण रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण