ज्ञापन पत्र दिँदैमा व्यापारीहरु जिम्मेवारीबाट पन्छिन मिल्दैन : अर्थमन्त्री पौडेल
भैरहवा –अर्थमन्त्री बिष्णु पौडेलले बिकास निर्माण तथा रुपन्देहीको समग्र बिकासको लागी स्थानिय, ब्यापारीले नै अग्रसरता लिनु पर्ने बताएका छन् । सिद्धार्थनगर उद्योग बाणिज्य संघ भैरहवाको ५७ औं साधारण सभालाई सम्बोधित गर्दै मन्त्री पौडेलले उद्योगी ब्यापारीले ज्ञापन पत्र दिँदैमा उनीहरु जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए । ज्ञापन पत्र दिए पछि त्यसपछिका प्रक्रियाहरुमा पनि उद्योगीले चासो देखाउनु पर्ने उनके भनाई थियो । रुपन्देही अहिले बिकास निर्माणको दृष्टिले महत्वपूर्ण रहेकोले यहा निर्माण भै रहेको अन्तराष्ट्रिय बिमानास्थल, बेलहिया–बुटवल सडक बिस्तार, सेज सन्चालन, लुम्बिनीको बृहत्तर बिकासमा निगरानी बढाउन उनले आग्रह गरे । उनले अहिले ५२ बिगाहामा निर्माण भएको बिशेष आर्थिक क्षेत्र (सेज)ले निर्यातजन्य उद्योगको लागी अपर्यापत भएको हुँदा यसलाई बिस्तर गरि ३ सय बिगाहामा पुर्याउन उद्यागी ब्यावसायीले भूमिका खेल्नु पर्ने बताए । मन्त्री पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानास्थललाई सरकारले मूख्य प्राथमिकतामा राखेको कारण यसको निर्माणमा कुनै प्रकारको ढिला सुस्ती तथा गुण्स्तरमा सम्झौता नहुने जिकिर गरे । बिमानास्थललाई अन्तराष्ट्रिय स्तरको बनाउलको लागी नै वर्तमान जग्गामा थप १ सय ४० बिगाहा जग्गा अधिग्रहण गर्ने प्रक्रिया शुरु भएको बताए । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष राम कुमार शर्माको अध्यक्षता एवम उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको बिशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा ब्यापारीहरुले लखनऊमा रहेको अमोसी विमानस्थल र भैरहवामा रहेको गौतमबुद्ध विमान स्थल सम्म हवाई सेवाको सुरुवात गरिनुपर्ने, ऊर्जा संकट समाधानको लागि उत्तरप्रदेशको आनन्दनगर देखी भैरहवा सम्म १३२ के.भि.ए.को अन्तरदेशीय विद्युत प्रसारणलाईनको विस्तार गरिनुपर्ने लगायतका समस्याको समाधान गरि दिन भन्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण