वर्तमान सरकार अर्को निर्वाचन नभएसम्म रहने–उपप्रधानमन्त्री थापा
विराटनगर - उपप्रधानमन्त्री कमल थापाले वर्तमान सरकार अर्को संसदको निर्वाचन नभएसम्म रहने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भारत भ्रमण उपलब्धिमूलक रहेको जानकारी गराए । उपप्रधानमन्त्री थापाले भ्रमणको माध्यमबाट दुवै देशबीचको असमझदारी, तिक्तता र चिसोपन हटेको चर्चा गर्दै यसबाहेक थुप्रै विषयमा समझदारी भएको स्पष्ट पारे ।
संयुक्त विज्ञप्ति नआएको सम्बन्धमा पत्रकारहरुको जिज्ञासामा उनले भने ,“भेटघाटको विषयलाई जनस्तरमा ल्याउन संयुक्त विज्ञप्ति र अर्को पत्रकार सम्मेलन रहेकामा पत्रकार सम्मेलनको माध्यमबाट समझदारीका विषय जनस्तरमा ल्याइएको हो ।”
उनले यसअघि भारतमै अमेरिकाका राष्ट्रपति र चीनियाँ राष्ट्रपतिको पनि पत्रकार सम्मेलनकै माध्यमबाट जानकारी गराइएकाले संयुक्त विज्ञप्ति नआउनेलाई अन्यथा नलिन आग्रह गरे ।
मधेसको समस्या समाधानका लागि गठित राजनीतिक समितिका संयोजकसमेत रहनु भएका उनले मधेसको समस्या समाधानका लागि मधेसी मोर्चासँग छलफल गरी कार्य अगाडि बढाइने बताए ।
उनले स्थानीय निकायको निर्वाचन गराउन सरकार तत्पर रहेको र यसका लागि दुईवटा ऐन संशोधनको प्रक्रियामा रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण