सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मलेसियाको घरफिर्ती केन्द्रमा रहेका १० जना स्वदेश फर्किए

शनिबार, १५ फागुन २०७२, १६ : ४७
शनिबार, १५ फागुन २०७२

क्वालालम्पुर–मलेसियाका बिभिन्न ४ वटा घरफिर्ती केन्द्रमा रहेका १० जना नेपाली स्वदेश फर्किएका छन् । घर फर्किएकाहरुलाइ यहांस्थित क्लाङ व्यवसायी समीति लगायत अन्य नेपाली एव मलेसियन संघ संस्थाले आर्थिक सहयोग गरेको मलेसियास्थित नेपाली राजदूताबासले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

अवैधानिक तरीकाले काम गरेको अबस्थामा प्रहरीको फन्दामा परि ३ महिना जेल सजाय भुक्तान गरी घरफिर्ती केन्द्रमा पठाइएकाहरुलाइ सहयोगदाताहरुले घर फर्कनका लागी एकतर्फि हवाई टिकटको ब्यबस्था गरीदिएका हुन् । घर फर्किएकाहरु को-को हुन उनिहरुको नाम भने राजदूताबासले जानकारी दिएको छैन । नेपाली राजदूताबासले जारी गरेको विज्ञप्तिमा काजाङ घरफिर्ती केन्द्रका २ जना , जोहोर घरफिर्ती केन्द्रका ७ जना र मलक्का घरफिर्ती केन्द्रका १ जनालाइ नेपाल फर्कने ब्यबस्था मिलाइएको हो । मलेसियाको कानुन अनुसार बिदेशी अवैधानिक कामदार समातिएको खन्डमा अनिबार्य तिन महिना जेल बस्नु पर्ने हुन्छ। जेल सजाए पाइसकेकाहरु घरफिर्ती केन्द्रमा सारिन्छन् । घरफिर्ती केन्द्रमा पुगेकाहरु एकतर्फि हवाइ टिकट काटेर घर फर्कन सक्दछन् । एकतर्फि हवाइ टिकट काट्न नसक्नेहरु लामो समयसम्म त्यत्तिकै सोहि केन्द्रमा थन्किन पनि बध्य हुनु पर्छन् । उनिहरुलाइ त्यो बेला आफन्त ,साथिभाइ वा बिभिन्न संघसंस्थाको सहयोग आबस्यक पर्दछ ।

त्यस्तै गत बर्ष यता सम्म बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोगमा बिभिन्न घरफिर्ती केन्द्रबाट ४ सय ४१ नेपालीहरुलाई घर फर्काइएको नेपाली राजदुतावासले जानकारी दिएको छ । यस्तै , राजदूताबासले अघिल्लो महिना सार्बजनिक गरेको एक तथ्याक अनुसार मलेसियाका बिभिन्न जेलमा गरी २ सय ५९ जना नेपाली रहेका छन् । मलेसियाका बिभिन्न ठाउंमा रहेका घरफिर्ती केन्द्रमा पनि ३ सय ७५ जना नेपाली छन् । जेल र घरफिर्ती केन्द्रमा गरि कूल ६ सय ३४ छन । जस मध्यका घरफिर्ती केन्द्रमा भएका १० जनालाइ घर फर्काइएको हो । बाकी रहेका घरफिर्ती केन्द्रका नेपालीहरुलाई पनि नेपाल फर्काउने तयारी भईरहेको राजदुतावासले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । घरफिर्ती केन्द्रमा रहेका र एकतर्फि हवाइ टिकट काट्न सक्ने अबस्था नभएकाहरुलाई टिकट उपलब्ध गराई सहयोग गर्ने संघसंस्थाप्रति राजदूताबासले हार्दिक कृतज्ञता ब्यक्त गरेको छ । अवैधानिक कामदारलाइ मलेसिया सरकारले अहिले ब्यापकरुपमा धरपकट गरीरहेको हुनाले जेल पर्नेको सख्या अझै बढेको हुन सक्ने अनुमान गरीएको छ । यता मलेसियाका घरफिर्ती केन्द्रबाट नेपाली शुन्यमा झार्ने राजदूताबासले लक्ष्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप