सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लेखक संघ कास्कीको अध्यक्षमा शर्मा

शनिबार, १५ फागुन २०७२, १६ : ५१
शनिबार, १५ फागुन २०७२
पोखरा –नेपाली लेखक संघ कास्कीको चौथो जिल्ला अधिवेशनले गणेश शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रीतादेवी कँडेल, सचिवमा संञ्जिव पौडेल, सहसचिवमा यमलाल सुवेदी, र कोषाध्यक्षमा टंकराज वराल चयन भएका छन् । समितिका सदस्यहरुमा कमल पौडेल अथक, हीरादेवी शर्मा, पीताम्वर अर्याल, आनन्दमणि अर्याल र टंकराज वास्तोला चयन भएका छन् । समितिमा एक जना सदस्य पछि थप गरिने निर्वाचन समितिका संयोजक पद्यमशरण रेग्मीले जानकारी दिएका छन् । रेग्मीको संयोजकत्वमा सूर्य क्षेत्री र कमलप्रसाद सापकोटा सदस्य रहेको निर्वाचन समितिले सो समिति चयन गरेको हो । संंघमा चयन भएका सदस्यहरुलाई निर्वाचन समितिका संयोजक रेग्मीले कार्यकालको सफलताको कामन गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप