सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बृहत सेल मेलामा उपभोक्ताको भीड

शनिबार, १५ फागुन २०७२, १६ : ५७
शनिबार, १५ फागुन २०७२

काठमाडौं–राजधानीको भृकुटीमण्डपमा बुधबारदेखि जुत्ता चप्पलको बृहत सेल मेला शुरु भएको छ । मेलामा जुत्ता तथा चप्पल खरिद गर्ने उपभोक्तालाई आयोजकले टिभि उपहार समेत दिने भएको छ ।

मेलामा शनिबारको दिन ग्राहकाको अनुमान भन्दा अत्याधिक उपभोक्तको भिड भएको सहभागि कम्पनी एस के सुजका प्रबन्ध निर्देशक जिवन नेपाली ले जानकारी दिए । मेला अवधिभर जुत्ता तथा चप्पल खरिद गर्ने उपभोक्ताहरुबाट लक्की ड्र मार्फत १ जनालाई एलईडी टिभि उपहार दिईने भनि उपहार योजना राखेपछि उपभोक्ताहरुको उल्लेखनीय सहभागिता भएको हो । मेलामा विभिन्न मोडलका जुत्ता तथा चप्पलमा २० देखि ७० प्रतिशतसम्म छुट दिइएको छ । मेलामा विशेषतः गर्मीयामको आगमनलाई ध्यानमा राखि गर्मी सुहाँउदो नयाँ नयाँ मोडलका जुत्ता तथा चप्पल विक्रिका लागि राखिएको छ । मेलामा ८ वटा स्वदेशी जुत्ता उत्पादक कम्पनीहरुको सहभागीता रहेको छ । सहभागी कम्पनी तथा ब्राण्डहरुमा म्याजिक चप्पल, सिटिजन फुटवेयर, कोरल सुज, एस के सुज, रियल सुज, ग्लोबल सु, कनेक्सन सु र सक्सेस सुको सहभागीता रहेको छ । मेलामा सबै बर्ग र क्षमताका उपभोक्ताहरुलाई समेट्ने गरी रु २५० देखि ५००० सम्मका जुत्ता चप्पल बिक्रिमा राखिएको छ । मेला सोमबार सम्म जारी रहने भएतापनि आईतबार र सोमबार बिशेष छुट प्रदान गरीने सहभागी कम्पनी सक्सेस सुजका प्रबन्ध निर्देशक बासु नेपालीले बताए । सेल मेला सोमबार सम्म चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप