सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१७ औं खुल्ला नेपाल प्याराग्लाइडिङ तथा प्रि–वल्र्ड कप सुरु

शनिबार, १५ फागुन २०७२, १७ : १६
शनिबार, १५ फागुन २०७२
पोखरा – पोखरामा आज देखि प्याराग्लाइडिङकोे प्रि–वल्र्ड कप तथा १७ औं खुल्ला नेपाल प्याराग्लाईडीङ प्रतियोगिता सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा सुरु भएको प्रतियोगिता फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल सहित ३५ राष्ट्रका एक सय ५० प्यारा पाइलटहरु सहभागि हुदैछन् । डेढ सय राष्ट्रका २ सय बढी पाईलटहरुबाट उनीहरुको ¥याङकिङको आधारमा प्रतियोगी छनौट गरिएको हो । प्रतियोगिता अन्र्तगत पहिलोदिन अभ्यास अडान भएको र दोस्रोदिनबाट प्रतियोगितात्मक उडान सुरु हुने आयोजक संस्थाका अध्यक्ष योगेश भट्टराईले जानकारी दिए । प्यारापाइलटले पूरा गरेको टाक्स र लिएको समयका आधारमा अंक निर्धारण गरी विजेता छनौट गरिनेछ । मौषमी अबस्था हेरेर टाक्स निर्धारण हुनेछ । प्रतियोगिता अन्तर्गत ५ वटा ईभेण्टमा प्रतिश्पर्धा हुदै छ । खुल्ला तर्फ विजेताले ५० हजार, उपविजेताले ४० हजार, तेश्रो हुनेले ३० हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी नेपालीहरु बिचको प्रतिश्पर्धामा विजेताले ३० , उपविजेताले २० , तेश्रो हुनेले १० र शान्त्वना हुने दुई जनाले पाँचपाँचहजारको दरले पुरस्कार पाउनेछन् । महिला र स्पोर्ट क्लास तर्फको विजेतालाइ जनहि ३०÷३० हजार, उपविजेतालाई २०÷२० हजार र तेश्रो हुनेलाई १०÷१० हजार साथमा ट्रफि पुरस्कार दिइने आयोजकले जनाएको छ । वेष्ट डेव्यु नेपाली विजेतालाई ट्रफि मेडलको साथमा पुरस्कार वितरण गरीने प्रचार संयोजक सोवित वानियाँले जानकारी दिए । आगामी बर्ष नेपालमा प्याराग्लाईडीङ खेलको विश्व कप गर्ने तयारीका साथ प्रि–वल्र्ड कप सहितको प्रतियोगिता सञ्चालन गरेको नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप