सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस भक्तपुरको सभापतिमा देउवा पक्षले बाजी मार्यो

शनिबार, १५ फागुन २०७२, १७ : ४५
शनिबार, १५ फागुन २०७२

भक्तपुर– कांग्रेस भक्तपुरको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष विजयी भएको छ । दोस्रो चरणमा भएको निर्वाचनपछिको मत परिणामअनुसार देउवा पक्षीय दुर्लभ थापा संस्थापन पक्षीय नेता अष्ट कबेलाई हराउँदै विजयी भएका हुन् । थापाले २५४ मत ल्याए भने निकटतम प्रतिद्धन्दी कबे १९८ मत प्राप्त गरे । यसअघिको निर्वाचनमा सभापतिको चार उम्मेदवारमध्ये कसैले पनि स्पष्ट बहुमत नल्याएपछि पुनः निर्वाचन भएको थियो । सो निर्वाचनमा देउवा पक्षका उम्मेदवार एवम् काँग्रेस भक्तपरका निवर्तमान सभापति गणेश चक्रधरले १२५ र देउवा पक्ष कै वागी उम्मेदवार दुर्लभ थापाले १४७ मत ल्याएका थिए भने संस्थापन पक्षका सभापतिका उम्मेदवार अष्टकुमार कबेले १४४ मत र संस्थापन कै वागी उम्मेदवार राजाराम खड्काले ३८ मत प्राप्त गरेका थिए । काँग्रेस विधान अनुसार बढी मत ल्याउने कबे र थापाबीच शनिबार पुन प्रतिस्पर्धा भएको थियो । अधिवेशनबाट निर्वाचित पदाधिकारीमध्ये सचिवमा उद्धव सिलवाल र कोषाध्यक्षमा विजेश अवाल निर्वाचित भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप