सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

बाँदरले टोक्दा सात बालबालिका घाइते

शनिबार, १५ फागुन २०७२, १७ : ५४
शनिबार, १५ फागुन २०७२

गौशाला– महोत्तरीको जलेश्वर नगरपालिका–१७ र १८ मा एक बाँदरले दुई/तीन दिनदेखि आतङ्क मच्चाएको छ ।

सो बाँदरले जलेश्वर परिकौली फुल्हट्टाका सात बालबालिकालाई टोकेर घाइते बनाएको छ । घाइते हुनेमा जलेश्वर–१७ का सात वर्षीय आलाक झा, आठ वर्षीय कृष्णा मुखिया, सात वर्षीय चन्दन झा, आठ वर्षीया अञ्जु कुमारी, सात वर्षीया उषा कुमारी, १२ वर्षीया बबिता कुमारी र वडा नं १८ का विक्रम महतो रहेको स्थानीयवासीले बताएका छन् ।

दुई÷तीन दिनदेखि अचानक गाउँमा देखा परेको सो बाँदरले एक्लो मान्छेलाई देख्दा लखेट्ने तथा घर–घरमा पसेर अन्नपात खाइदिने, भाँडाकुडा फाल्नुका साथै घरमा पनि क्षति पु¥याउने गरेको छ ।

सो बाँदर एक्लै भए पनि मानिससँग नडराउने तथा गाउँमै बस्ने गरेको र समूहमा गएर धपाउँदा वनतिर जाने र पछिपछि फर्केर आउने गरेको स्थानीयको भनाइ छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप