सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१० हजार मेगावाट विद्युत् उत्पादन गर्न सरकारले काम थालिसकेको छः रायमाझी

शनिबार, १५ फागुन २०७२, १७ : ५९
शनिबार, १५ फागुन २०७२

भक्तपुर– उपप्रधान तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले अहिले राजनीतिक व्यवस्था परिवर्तन भए पनि सोच, चिन्तन, योजना र काम गर्ने शैलीमा परिवर्तन नहुनु देशको मूल समस्या रहेको बताएका छन् ।

आज नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको १९ औँ वार्षिक साधारण सभा तथा स्थापना दिवसमा उहाँले मुलुक नयाँ व्यवस्थामा प्रवेश भइसकेको अवस्थामा नयाँ संविधान र व्यवस्था अनुसार राजनीतिक दल र नेताहरुले आफूलाई रुपान्तरण गरेर आर्थिक क्रान्तिमा लाग्नुपर्नेमा जोड दिए ।

मधेस आन्दोलन र नाकाबन्दीले नेपालीको जनजीवन कष्टकर बनेपनि राष्ट्रिय भावना र एकता अभूतपूर्व रुपमा देखा परेको चर्चा गर्दै ऊर्जा मन्त्री रायमाझीले सधैँ एकतावद्ध भएर अगाडि बढ्नसके राष्ट्र सामुआएको जस्तोसुकै चुनौती पनि पार गर्न सकिने धारणा राखे । उनले १० वर्षभित्र १० हजार मेघावाट विद्युत् उत्पादन गरेर ऊर्जामा देशलाई समक्ष बनाउन सरकारले काम सुरु गरिसकेको बताए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्द पोखरेलले हालै भएको दुईवटा विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै हवाई सुरक्षाको सुधारका लागि सरकार जस्तोसुकै कदम चाल्न तयार रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप