बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिममा एक हजार सात सय क्षयरोगी

शुक्रबार, १४ जेठ २०७३, १२ : ०७
शुक्रबार, १४ जेठ २०७३

बैतडी - चालु आर्थिक वर्षको आठ महिनामा सुदूरपश्चिममा एक हजार ७४२ जना क्षयरोगका बिरामी उपचारमा रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ । तीमध्ये ९८७ जनामा एकदम सर्नेखालको क्षयरोग भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल डोटीका अधिकृत मनोज ओझाले बताउनुभयो । “गत वर्षको तुलनामा भने क्षयरोगका बिरामी घटेका छन्”, उनले भने  –“गत वर्ष सुदूरपश्चिममा दुई हजार १७ जना बिरामी फेला परेका थिए ।” अधिकृत ओझाका अनुसार सबैभन्दा बढी कैलालीमा ६८१ जना उपचारमा रहेका छन् । कञ्चनपुरमा ४४८ जना, बैतडीमा १३१ जना, अछाममा १०२ जना, बझाङमा ९४ जना, डोटीमा ९८ जना, बाजुरमा ४७ जना र दार्चुलामा ६४ जना उपचारमा रहेका छन् । यीमध्ये १४ वर्षमुनिका बालबालिका ९१ जना क्षयरोगी रहेका छन् भने ६५ वर्षमाथिका १८८ जना उपचारमा रहेका छन् । सुदूरपश्चिममा १५ देखि ५४ वर्षका दक्ष जनशक्तिमध्ये एक हजार ६९ जनामा यो रोगको सङ्क्रमण रहेको छ । उपचारमा रहेका क्षयरोगीको उपचारको सफलता दर ८८ प्रतिशत रहेको छ भने मृत्यु दर ५.१८ प्रतिशत रहेको छ । चालु आवको दुई चौमासिकमा अछाममा सातजना, बैतडीमा आठजना, बझाङमा पाँचजना क्षयरोगीको मृत्यु भएको छ । यस्तै डडेल्धुरामा आठजना, दार्चुलामा एकजना, डोटीमा आठजना, कञ्चनपुरमा १९ जना र कैलालीमा २६ जना क्षयरोगीको मृत्यु भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप