लोपोन्मुख हिमाली भालुको बच्चा भेटियो, चिडियाँखाना ल्याइने
शुक्रबार, १४ जेठ २०७३, १२ : ११
जुम्ला - लोपोन्मुख अवस्थामा रहेको हिमाली भालुको बच्चा जुम्लाको पाण्डुगुफा गाविसमा भेटिएको छ ।
पाण्डव गुफास्थित रानीचौरको तिलाचौर वनमा स्थानीय पूर्णबहादुर कार्कीले मङ्गलबार भालुको बच्चा भेटाएका थिए ।
सिंजाबाट भालुको बच्चा भेटिएको खबर आएपछि जिल्ला वन कार्यालयबाट कर्मचारीहरु उक्त स्थानमा गएर प्रहरी मुचुल्कासहित जिल्लामा ल्याइएको जिल्ला वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।
भेडी गोठाला कार्कीको भेडाको बगालमा दुईवटा बच्चासहित भालु भेटिए पनि साढे एक वर्षको पोथी भालुको बच्चा छोपेर जिल्ला वन कार्यालयमा सुरक्षित राखिएको उनले बताए ।
भालुको बच्चालाई पशु सेवा कार्यालयमा स्वास्थ्य परीक्षण गराउँदा त्यसको अवस्था सामान्य देखिएको वन कार्यालयले जनाएको छ ।
वन विभागसँगको साझेदारीमा अबको केही दिनमा भालुको बच्चा काठमाडौँको चिडियाखानामा लैजाने व्यवस्था मिलाइएको वन अधिकृत श्रेष्ठले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण