च्याउ खाएर एकै परिवारका चार बिरामी
शुक्रबार, १४ जेठ २०७३, १२ : १५
इलाम - इलामको दानाबारीमा गएराति जङ्गली च्याउ खाएर एकै परिवारका दुई बालकसहित चारजना बिरामी परेका छन् । जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा दानाबारी–१ चेप्टीका टेकेन्द्र राई, उनकी श्रीमती अञ्जली राई, छोरा १० वर्षीय रोहित र अर्का आठ वर्षीय छोरा रोजन राई बिरामी परेका हुन् । उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि गएराति नै झापाको दमकस्थित लाइफलाइन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । च्याउ खाएर सबै बिरामी परेकाले कुन च्याउ खाएको भन्ने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण