सिकार गर्न सिक्दा हिउँ चितुवाको बच्चाको मृत्यु
ताप्लेजुङ - ताप्लेजुङको चार हजार ४०० मिटरको उचाइको लेलेपस्थित राम्जेलमा नाउरले करिब १० महिनाको हिउँ चितुवाको बच्चा मारेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका अधिकृत हेमराज आचार्यले बताएका छन् ।
नाउर पनि मरेको छ भने मृत बच्चालाई एक दिनको पैदलमा रहेको घुन्सामा ल्याएर कार्यालय प्राङ्गणमा गाडिएको छ । एकान्तमा गाड्दा उत्खनन हुने आशङ्काले मानवीय बस्तीमै ल्याएर गाडिएको बताइएको छ ।
हिउँ चितुवाको मुख्य आहारा भनेकै नाउर हो । आमाले सिकार खेल्न सिकाउने क्रममा बच्चा मरेको हुन सक्ने हिउँ चितुवा संरक्षण उपसमितिका सदस्य छेतेन डण्डु शेर्पाले बताएका छन् । नाउरको सिङले हिउँ चितुवाको करङमा रोपेको छ । “घटनास्थल हेर्दा धेरै बेरसम्म लडाइँ भएको देखिन्छ, डण्डुले टेलिफोनमा भने, “निकै ठूला बुट्यान लडाएका छन्, त्यही लडाइँका क्रममा आक्रोशित नाउरले बच्चालाई आक्रमण गरेर मारेको जस्तो देखिन्छ ।” नाउर पनि आधा खाएको अवस्थामा छ ।
हिउँ चितुवा मरेको कञ्चनजङ्घा हिमालबाट फर्कने पर्यटकको टोलीले देखेको थियो । खम्बाछेनमा फर्किएर खबर गरेपछि अधिकृत आचार्य सहितको प्रहरीे टोली गएर स्थलगत अध्ययन गरेको छ ।
“नदेख्तासम्म कसैले विष राखेर, सिकार गर्ने क्रममा मा¥यो कि भन्ने थियो, तर तेस्तो देखिएन, ठूलो नाउरलाई सिकार गर्ने क्रममा उनीहरुकै लडाइँले मरेको हो”, आचार्यले भने । बच्चा मरेपछि आमा लगातार त्यही क्षेत्रमा घुमेर कराइरहेको आचार्यले बताए । दुईवटा बच्चामध्ये अर्को एउटा आमासँगै भएको डण्डुले बताए । बच्चा हुर्कंदै गएपछि आमाले उनीहरुलाई सिकार गर्न सिकाउँछ । प्रकृति हेर्दा दुवै बच्चालाई लिएर माउ सिकारमा निस्किएको देखिने डण्डु बताउँछन् ।
आठदेखि नौ वर्ष मात्रै बाँच्ने हिउँ चितुवा कञ्चनजङ्घा क्षेत्रमा मृत भेटिएको यो पहिलो पटक हो । यो क्षेत्रमा ११ वटासम्म रहेको अनुमान गरिएको छ । नेपालमा पाँच सय र संसारभर छ हजारसम्म रहेको अनुमान गरिएको छ । २०७० साल मङ्सिर १० गते पहिलो पटक भाले हिउँ चितुवालाई यसै क्षेत्रमा स्याटलाइट झुन्ड्याइएको थियो । त्यसै वर्षको चैतमा पुनः प्रयास गरे पनि पासोमा पार्न सकिएको थिएन ।
गत वर्ष र यो वर्ष ओलाङचुङगोलाको याङमा क्षेत्रमा दुई वटालाई स्याटलाइट झुन्ड्याइएको छ । बासस्थान विनाश, चोरी सिकार जस्ता समस्याले सङ्कटापन्न यसलाई अति दुर्लभ वन्यजन्तुको सूचीमा राखिएको छ । यो जङ्गली भेडा, बाख्रा, कस्तुरी, मृग र मुसा प्रजाति खाएर बाँच्छ । हिमालकी रानी भनेर चिनिने यो जनावरको संरक्षणमा कञ्चनजङ्घा क्षेत्रमा लाखौँ रुपैयाँ खर्च भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण