बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

संविधान पुनर्लेखन कि संशोधन भन्नेबारे गठबन्धनमा बहस

शुक्रबार, १४ जेठ २०७३, १२ : ४३
शुक्रबार, १४ जेठ २०७३
काठमाडौं – संघीय गठबन्धनको बैठकमा संविधान संशोधन कि पुनर्लेखन बारेमा व्यापक छलफल भएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान पुनर्लेखन हुनुपर्छ भन्ने गरेका छन् भने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने भन्दै आएका छन् । दुई नेताको फरक अभिव्यक्तिकार कारण जनतामा भ्रम सृजना भएकाले सविधान पुनर्लेखन कि संशोधन भनि स्पष्ट हुनुपर्ने कुरा उठेको थियो । [caption id="attachment_47436" align="alignleft" width="840"] File Photo[/caption]

तीनकुनेस्थित फोरम नेपालको कार्यालयमा बसेको गठबन्धनको बैठकमा यसको जवाफ दिँदै अध्यक्ष यादवले संविधान पुनर्लेखन र संशोधन एउटै कुरा भएको मात्र बुझाईको फरक परेको धारणा राखेका थिए । संशोधनकै माध्यमबाट संविधान पुनर्लेखन गर्न सकिने भएकाले संविधान संशोधन भन्नु र पुनर्लेखन भन्नु एउटै कुरा भएको बताउँदै यसमा विवाद नगर्न उनले आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए । ‘जसलाई जे सजिलो हुन्छ त्यही भन्दा हुन्छ भन्दै संशोधन गर्नु नै पुनर्लेखन हो,’ यादवको भनाई उद्धृत गर्दै ती नेताले भने । बैठकमा सहभागि एक नेताका अनुसार सद्भावना पार्टीका नेताले गठबन्धन र मधेशी मोर्चाबीचको सम्बन्ध स्पष्ट पार्न पनि आग्रह गरेका थिए । बैठकमा सहभागि नरसिंह चौधरीले मधेशी मोर्चाको अस्तित्व कायम रहने गरि गठबन्धनले काम गर्यो भने मात्र आफूहरुले त्यसमा गठबन्धनमा काम गर्ने धारणा राखेका थिए । त्यसको जवाफमा अध्यक्ष यादवले मधेशी मोर्चाको अस्तित्व समाप्त नभएको र भविष्यमा पनि हुन नसक्ने बताएका थिए । ‘मधेशी मोर्चाको जुन गरिमा थियो त्यो कायमै छ, गठबन्धनको सरंचनामध्ये मधेशी मोर्चा पनि एक संरचना हो, मधेशी मोर्चाले अस्तित्व सधै कायम रहनेछ,’ यादवले स्पष्ट पारेका थिए । मधेशी मोर्चाले पनि प्रादेशिक मोर्चाकै जस्तै काम गर्ने धारणा राख्दै उपेन्द्र यादवले लिम्बुवान प्रदेशमा लिम्बुवान मोर्चाले, खसान प्रदेशमा खसानले, नेवाः प्रदेशमा नेवारले काम गरे जस्तै मधेशमा हुने कार्यक्रमहरु मधेशी मोर्चाले नै गर्ने स्पष्ट पारेका थिए । उनले सानोतिनो कुरालाई लिएर कुनै प्रकारको विवाद गर्न नहुने जिकिर गर्दै विवादले आन्दोलन कमजोर हुने भएकाले आन्दोलन सफल पार्नका लागि सबै एकसाथ हुनुपर्ने कुरामा पनि जोड दिए ।

विगतमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सार्वजनिक रुपमा गर्ने टिप्पणीमा पनि नियन्त्रण हुनुपर्ने कुरा बैठकमा उठेको स्रोतले जनाएको छ । सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादवका अनुसार गठबन्धनलाई अझै सशक्त बनाउने कुरामा सबै घटक दलको सहमति रहेको बताए । १७ गते गठबन्धनको कार्यक्रम सकेपछि १८ गते सचिवालयको बैठक बसि पुनः अर्को चरणको कार्यक्रम घोषणा गर्ने पनि कुराकानी भएको बताए । केन्द्रदेखि रिले अनसन तथा विभिन्न कोणसभाहरु गर्ने छलफल भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप