बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

टोयोटाको नयाँ योजना : ३ वर्षसम्म १ रुपैयाँमै गाडी मर्मत

शुक्रबार, १४ जेठ २०७३, १२ : ५७
शुक्रबार, १४ जेठ २०७३

काठमाडौं – टोयोटाको नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता युनाइटेड ट्रडर्स सिण्डिकेट प्रालि सधैं झैं यसपटक पनि आकर्षक ग्राहक योजना सहित प्रस्तुत भएको छ । प्रालिले यसपटक ‘टोयोटा इटियस फेमिली– १ रुपैयाँ मै हिफाजत योजना’ नयाँ टोयोटा इटियस फेमिली कार (न्यू इटियस लाभा, न्यू इटियस सेडान र इटियस क्रश) का खरिदकर्तालाई लक्षित गरी अघि सारेको हो ।

यो योजना अन्तर्गत नयाँ टोयोटा इटियस फेमिली कारका ग्राहकहरुले लगातार ३ वर्षसम्म मात्र १ रुपैयाँको खर्चमै कम्पनीका अत्याधुनिक सेवा केन्द्रमा गई बिना कुनै झन्झट आफ्नो कार मर्मत गराउन सक्नेछन् । हालसालै सुरु गरिएको यो योजना आगामी जुन महिनाको ३१ तरिखसम्मका लागि मात्रै लागू हुने छ ।

यससँगै इटियस फेमिलीका ग्राहकहरु अब सवारी मर्मत खर्चको चिन्ताबाट निश्चिन्त हुनेछन् । सवारीमा जडित कुनै बल्बहरुमा समस्या आएमा÷बिग्रिएमा कम्पनीले निःशुल्क रुपमा त्यस्तै अर्को बल्ब फेरिदिने छ ।

यद्यपी, यो योजना बोडी रिपेयर, ब्याट्री परिवर्तन, टायर परिवर्तन तथा दुर्घटना कारण लगायतमा भने लागू हुने छैन । यसअघि अन्य कुनै अटोमोबाइल कम्पनीले उपलब्ध नगराएको यस प्रकारको योजनाका माध्यमबाट आफ्ना ग्राहकलाई अधिकतम लाभान्वित गराउने टोयोटाको यो प्रयास हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप