केडियाको अपहरणप्रति काँग्रेसद्वारा निन्दा
शुक्रबार, १४ जेठ २०७३, १३ : ००
काठमाडौँ - उद्योगपति एवम् केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक सुरेशकुमार केडियाको अपहरणप्रति नेपाली काँग्रेसले निन्दा व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज एक विज्ञप्ति जारी गरी बिहीबार बेलुका अज्ञात समूहले गरेको अपहरण र उहाँको चालकलाई गरेको आक्रमणको घटनाप्रति दुुःख व्यक्त गरेको हो । “कुनै पनि नागरिकको अपहरण हुनु अत्यन्त दुःखद र सम्बेदनशील विषय भएको र यस्ता आपराधिक क्रियाकलापको नेपाली काँग्रेसले सँधै घोर निन्दा र भत्र्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ । काँग्रेसले शान्ति सुव्यवस्थालाई खल्बल्याई आम नागरिकमा डर र त्रासको वातावरण सिर्जना गर्न खोज्ने यस्ता आपराधिक समूह, व्यक्तिको तत्काल खोजी गरी कडाभन्दा कडा कारबाही तथा यस्ता घटना पुन नदोहोरिने वातावरण बनाउन सरकारसँग माग समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण