हिरोसिमाको भ्रमण गर्ने ओबामा पहिलो अमेरिकी राष्ट्रपति
हिरोसिमा - अमेरिकी राष्ट्रपति बाराक ओबामा जापानको हिरोसिमा सहर पुग्नुहुने भएको समाचार छ । उनले शुक्रबार हिरोसिमाको भ्रमण गर्न लागेको प्राप्त समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको हैसियतमा हिरोसिमाको भ्रमण गर्ने उनी नै पहिलो राष्ट्रपति हुनुहुने पनि समाचारमा जनाइएको छ ।
हिरोसिमा सहर दोस्रो विश्वयुद्धका क्रममा जापानमाथि अमेरिकाले गरेको क्रुर हमलाको एक उदाहरण हो । दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ को अगष्ट ६ मा अमेरिकी सेनाले हिरोसिमामा आणविक बम हमला गरेको थियो । दोस्रो विश्वयुद्धको यो नै सबैभन्दा क्रुर हमला थियो ।
यस हमलका क्रममा हिरोसिमा सहरका कम्तीमा पनि १ लाख ४० हजार जापानी नागरिकको ज्यान गएको थियो । त्यो आक्रमणको करिब सात दशकपछि नै त्यस समयमा बम हमला गर्ने देश अमेरिकाकै राष्ट्रपतिले सोही स्थानमा गर्न लागेको भ्रमणलाई संसारले नै एक प्रमुख चासोका रुपमा लिएको छ ।
सन् १९४५ को अगष्ट ६ मा अमेरिकी विमान एनोला गेले हिरोसिमा सहरमा लिटिल ब्वाय नामको बम खसालेको थियो ।
सो बमले नै हिरोसिमा सहरको सुन्दरता मात्र नभई मानव सभ्यतामाथि नै धावा बोलेको हो । सो बमको विकिरणका कारण दशौँ हजार व्यक्तिले ज्यान गुमाउन बाध्य हुनुपरेको थियो ।
यसको तीन दिनपछि पुनः अमेरिकाले जापानकै अर्को सहर नागासाकीमा अर्को बम हानेको थियो । सो बम लागेर नागासाकीमा पनि दशौँ हजार नागरिक मारिएका थिए ।
उनको कार्यकालको सातौँ वर्षमा हुन लागेको यस भ्रमणका क्रममा उनले हिरोसिमाको त्यस समयको क्रुरताबाट पाठ सिक्ने सन्देश दिन चाहेको बुझिन्छ ।
यस अघि उनले उक्त भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा विवाद भएको थियो । उनको सो भ्रमणका क्रममा जापानी प्रधानमन्त्री सिन्जो अबे पनि साथमै हुनेछन् । रासस/एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण