उड्न लागेको विमानमा आगलागी, ३०० यात्रुको उद्धार
टोकियो - जापानबाट कोरियाका लागि उड्ने तयारी गरिरहेको एक विमानको इन्जिनमा आगो लागेपछि त्यसमा रहेका चालक दलका सदस्य र सबै जना यात्रुको उद्वार गरिएको छ ।
जापानको हानेदा विमानस्थलमा सो विमानबाट १७ जना उड्डयन सदस्यसहित ३०० जनाको उद्वार गरिएको हो ।
हानेदा विमानस्थलबाट कोरियाका लागि उड्ने तयरी गरिरहेको सो विमानको एउटा इन्जिनमा आगो लागेको थियो । त्यसपछि उक्त विमानबाट यात्रुको तत्कालै उद्वार गरी बाहिर निकालिएको थियो ।
बोइङ ७७७ विमानको एउटा इन्जिनमा आगो लागेका कारण त्यसमा रहेका यात्रुको उद्वार गरी बाहिर निकालिएका दृश्यहरु जापानी टेलिभिजनहरुले देखाएका थिए ।
सो विमान दक्षिण कोरियाको जिम्पो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने तयारीमा थियो । कोरियन एयरका प्रवक्ताले भनेका छन्– विमानको इन्जिन नम्बर १ मा आगो लागेको देखिएपछि आकस्मिक सेवामार्फत उद्वार गरिएको छ ।
जापानको यातायात मन्त्रालयले पनि शुक्रबारै एक विज्ञप्तिमार्फत उड्ने तयारीमा रहेको विमानमा आगो देखिएको जनाएको छ ।
विमानले सबै तयारी सकेर उड्ने तरखर गरिरहँदा अकस्मात आगोको मुस्लो देखिएको र त्यसपछि लगत्तै आपतकालीन सेवामार्फत विमानबाट यात्रुलाई बाहिर झिक्ने काम भएको समाचारमा जनाइएको छ ।
उद्वारका सकुशल रुपमा भएको र यसबाट कुनैपनि यात्रु घाइते नभएको जापानी टेलिभिजन एनएचकेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण