बैंक ऋण नतिरेपछि एमाले सांसद थापाको नाममा ३५ दिने सुचना
काठमाडौं–आफ्नै श्रीमतीलाई जमानी राखेर लिएको बैंक ऋण नतिरेपछि एमाले सांसद दुमान सिंह थापा क्षेत्रीको नाममा सिटिजन्स बैंकले ३५ दिने सूचना जारी गरेको छ । अर्घाखाँची–२ बाट प्रत्यक्ष निर्वाचन जितेका सांसद थापाले श्रीमती गीता भण्डारीलाई जमानी राखेर लिएको ‘सिटीजन्स अटो लोन’ नबुझाएको वैंकको सूचनामा छ ।
सांसद थापाले लामो ताकेतापछि समेत शर्त अनुसार साँवा र ब्याज नबुझाएको बैंकले जनाएको छ ।
गत बुधवार बैंकले एक दैनिक पत्रिकामा पैँतिस दिने सुचना जारी गर्दै दुमान र श्रीमती गीतालाई ऋणकर्जा चुक्ता भुक्तान गर्न आग्रह गरेको छ । त्यसो नगरे कर्जा सूचना केन्द्र लिमिटेडमा नियमाअनुसार कालो सुचिमा समावेश गर्ने चेतावनी दिएको छ ।
त्यस्तै थापाले आफ्नो कम्पनीको नाममा लिएको कर्जा पनि नतिरेको पाईएको छ । वैंकले दुमान सहितको साझा स्वामित्वमा रहेको वाटर एण्ड इनर्जी नेपाल प्रालिको नाममा पनि सूचना जारी गरेको छ । रकम ३५ दिनभित्र नबुझाए धितो लिलामा गरिने बैंकले जनाएको छ । कम्पनीलाई ऋण दिलाउन दुमान सिंह थापा र बल बहादुर पुन जमानी बसेको पाईएको छ । थापा यस अघि पनि विभिन्न वैंकले सूचना निकालेका व्यक्ति हुन् । उनीमाथि जिल्लामा समेत विभिन्न ठगीका आरोप लाग्ने गरेका छन् । यस विषयमा जानन खोज्दा थापाले फोन रिसिभ गरेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण