पागल प्रेमीको हर्कत : आमा भगाउन दुई बच्चा मारे
गुल्मी - ‘उसले बच्चा छाडेर जान्न भनी । त्यसैले मैले पालै–पालो घाँटी थिचेर मारिदिएको हुँ ।’
भिमबहादुर भण्डारीको यस्तो क्रुर जवाफ सुन्दा सबै स्तब्ध भए । तर उनको र ती बच्चाहरूकी आमा कमला घर्तीको अनुहारमा पश्चाताप देखिँदैनथ्यो । वाग्लुङ सदरमुकाममा जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा डिएसपी चक्रबहादुर सिंहले भने, ‘निज भण्डारीले साँढे दुई वर्षअघि देखि कमलासँग प्रेम सम्वन्ध रहँदै आएको स्वीकार गरेको छ । त्यस साँझ घरमा कोही नभएको बेलामा आफूले ती बालबालिकालाई घाँटी थिचेर मारेको र बाहिर निस्केर ढोका बन्द गरी गहुँको नल ल्याई घरमा आगो लगाई दिएको बताएको छ ।’ पत्रकार सम्मेलनमा कमला भने बोलिनन् । उनीसँग थप अनुसन्धान गर्न बाँकी रहेको जानकारी प्रहरीले दिएको छ ।
गत बैशाख १४ गते वाग्लुङ्गको बोहरागाउँ–७ सानोजिरीमा सन्तबहादुर घर्तीको घरगोठ आगलागी भयो । त्यहाँ उनका पाँच वर्षीया छोरी समुद्र र डेढ बर्षीय छोरा मनोज परे ।
सन्तबहादुर भने त्यतिबेला मलेसिया थिए । त्यो खबरबाट स्तब्ध भएका उनी घर आए । घर आउँदा श्रीमती थिइनन् । उनले गाउँलेको सूचनाको आधारमा किटानी जाहेरी दिए । घटना भएको तीन दिनअघि देखि भिमबहादुर कमलाकोमा बसेको जानकारी पाएपछि सन्तबहादुरले दिएको जाहेरीपछि प्रहरीले अनुसन्धान थाल्यो ।
देवीस्थान–४ का २२ बर्षीय भिमबहादुरलाई पक्राउ गरेपछि खुल्यो कि उनीहरूको हत्या भएको थियो । हत्याको समयमा बालबालिकाका हजुरआमा, आमा र कमला पनि बाहिर घरबाहिर रहेको खुलेको छ । आगलागीपछि भिमबहादुर नै गाउँलेलाई गुहार माग्न गएका थिए ।
भिमबहादुरले बच्चाहरूको हत्या गरी गहुँको नल ल्याएर घरमा आगो लगाइदिएको उनकै बयानबाट पुष्टि भएको छ । घटनापछि २३ बर्षीया कमलासँगै भागेका दुवै जनालाई वुर्तिवाङ्ग प्रहरीले बुधवार पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण