बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

आन्तरिक सुरक्षा नीति ल्याउने तयारीमा छौँ – गृहमन्त्री बस्नेत

शुक्रबार, १४ जेठ २०७३, १९ : ०७
शुक्रबार, १४ जेठ २०७३

काठमाडौँ - गृहमन्त्री शक्तिबहादुर बस्नेतले सरकार आन्तरिक सुरक्षा नीति ल्याउने तयारीमा रहेको बताएका छन् ।

पूर्व प्रहरी परिषद् नेपालले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन’ विषय कार्यशालामा गृहमन्त्री बस्नेतले नीति बनाउने मात्रै नभई त्यसको प्रभावकारी कार्यान्वयन गर्नु आजको आवश्यकता भएको टिप्पणी गरे ।

उनले तत्कालीन अवस्थामा देशको सामाजिक, राजनीतिक, आर्थिक अवस्थाको प्रतिबिम्ब सुरक्षा नीति निर्माणमा पनि पर्ने गरेको बताए ।

राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन गर्नुपूर्व आजको नेपालको अवस्थाबारे सबैमा समान धारणा आवश्यक रहेकामा उनले जोड दिए।

पूर्व प्रहरी परिषद्का उपाध्यक्ष पूर्व वरिष्ठ प्रहरी उपरीक्षक डा चूडाबहादुर श्रेष्ठले राष्ट्रिय सुरक्षा नीति र ऐन कार्यान्वयनमा आउन लागेको अवस्थामा यसबारे आमरुपमा बृहत् छलफल आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सांसदहरु, पूर्व प्रहरी अधिकृत, जवान र सुरक्षासँग सरोकार राख्ने निकायका पदाधिकारहरुको सहभागिता रहेको छ ।

कार्यशालामा सुरक्षासँग सम्बद्ध विभिन्न विषयमा कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप