मोटरसाइकल दुर्घटनामा प्रहरीसहित चार घाइते
इलाम - मेची राजमार्गअन्तर्गत इलामको छुट्टाछुट्टै घटनामा परी प्रहरीसहित चारजना घाइते भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीलाई स्कर्टिङ गर्ने क्रममा आज बिहान मे१ब १६१ नंको मोटरसाइकलमा सवार प्रहरी सहायक निरीक्षक नीलबहादुर गिरी विपरीत दिशाबाट आइरहेको मोटरसाइकले ठक्कर दिँदा घाइते भएका हुन् ।
विपरीत दिशाबाट आइरहेको मे७प ४४०० नंको मोटरसाइकलले गिरीलाई ठक्कर दिँदा प्रसनि गिरीको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालक झापा बाहुन्डाँगीका डेलो मगर र गिरीलाई उपचारका लागि झापातर्फ लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–३ सेरामा इलामबाट बिर्तामोडतर्फ गइरहेको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मे१त ३६०५ नंको ट्र्याक्टरले आज बिहान ठक्कर दिँदा रेडक्रस उपसभापति शिवप्रसाद गौतमको दाहिने खुट्टा भाँचिएको र पाखुरामा गहिरो चोट लागेको छ ।
मोटरसाइकलमा सवार इलामकै रूपलाल नेपाली सामान्य घाइते भएका छन् । ट्र्याक्टर चालक सन्तोषराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गौतमलाई थप उपचारका लागि झापाको बिर्तामोड लगिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रुद्र चुडालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण