विद्यालयलाई राजनीति मुक्त बनाऔँ : शिक्षामन्त्री पोखरेल
शुक्रबार, १४ जेठ २०७३, १५ : १४
भक्तपुर - शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्ने बताएका छन् ।
भक्तपुरको गठ्ठाघरमा आस्था महिला विद्यालयको आठाँै वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप बढ्दै जाँदा विद्यालयको छवि धमिलिएको बताए ।
राजनीति छवि भएका व्यक्ति विद्यालय व्यवस्थापन समितिमा खोल ओढेर जान नहुनेमा जोड दिँदै उनले धुमलिएको छविलाई सुधार्नु आवश्यक रहेको बताए ।
शिक्षालाई सीप, प्रविधि र मानवीय संवेदनासँग जोडेर लैजानु पर्नेमा जोड दिँदै उहाँले शिक्षा मन्त्रालयले व्यावसायिक प्रविधि र रोजगारमूलक शिक्षाका लागि छुट्टै संरचना बनाउन लागेको बताए ।
“अहिले देशभर ३० हजार बालविकास केन्द्ररहेको छ, यसलाई शिक्षाको अभिन्न अङ्ग बनाएर लैजाने सरकारको योजना रहेको छ”˗मन्त्री पोखरेलले भने, “मन्त्रालयले खुल्ला विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग गठनको तयारी गरेको छ, अब शिक्षा सम्बन्धी विद्येयक पास हुदँैछ ।”
नीति निर्माता र सरकारी कर्मचारीले सामुदायिक विद्यालयमै आफ्ना छोराछोरी पढाएमात्रै सार्वजनिक विद्यालयको चित्र बदलिने उनको धारणा छ ।
कार्यक्रममा पूर्वमन्त्री उर्मिला अर्याल, सांसद केदार सञ्जेल, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेल, मध्यपुर थिमि नगरपालिकाका पूर्वमेयर मदनकृष्ण श्रेष्ठलगायतले शिक्षा क्षेत्रमा महिलाको भूमिकालाई सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
आस्था महिला विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रुपा केसी, प्रधानाध्यापक पार्वती ज्ञवाली, सहायक प्रधानाध्यापक बिना देउजालगागतले पढाइ छोड्ेका र विद्यालय जान नपाएका महिलाका लागि आफ्नो विद्यालय अवसरका रुपमा खडा भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण