बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पेस्तोलसहित युवक पक्राउ

शुक्रबार, १४ जेठ २०७३, १५ : २२
शुक्रबार, १४ जेठ २०७३

सिरहा - मोटरसाइकलको सिटमुनिबाट पेस्तोल र गोली बरामद भएपछि मिर्चैया प्रहरीले आज मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका– ५ का १९ वर्षीय झगरु भन्ने अरुणकुमार यादव रहेका छन् । विशेष सुराकीको आधारमा यादव चढेको स३प ८४७५ नम्बरको मोटरसाइकल जाँच गर्दा सिटमुनिबाट एक थान कटुवा पेस्तोल र दुई थान गोलीसहित उनलाई पक्राउ गरिएको मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिनुभयो । चौधरीमाथि हातहतियार खरखजनासम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप