लागुऔषध कारोबारमा संलग्न भारतीय पक्राउ
शुक्रबार, १४ जेठ २०७३, १५ : ३७
लमजुङ – लागु औषध कारोबारमा संलग्न तीन जनालाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।
लमजुङलाई मुख्य कार्यक्षेत्र बनाएर लामो समयदेखि लागुऔषध कारोबार गर्दै आएका दुई भारतीय नागरिकसहित तीनजना लमजुङको भोटेओडारबाट पक्राउ परेका हुन् ।
भारत मोतिहारीका २५ वर्षीय धमेन्द्रकुमार जैसवाल, मोतिहारीकै २५ वर्षीय जाकिर हुसेन र लमजुङ सुन्दरबजार नगरपालिका–३ का २८ वर्षीय मीनबहादुर बाँनियालाई लागुऔषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भोटेओडारले जनाएको छ ।
सुन्दरबजार नगरपालिका–३, भोटेओडार डुढखोलाबाट पक्राउ परेका भारत मोतिहारीका जैसवालको साथबाट फेनारगान २६५ थान, नुर्फिन ६१७ थान र डाइजेपाम २७६ गरी कुल एक हजार १५८ थान लागुऔषध बरादम गरेको प्रहरीले जनाएको छ ।
उनको साथबाट एउटा ल्यापटप, रु २९ हजार र धर्मेन्द्रकुमारले चलाउने गरेको बा३५प ९१२९ नम्बरको मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक चन्द्रबहादुर गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण