बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

स्थिर संविधानको आवश्कयता : पूर्व राष्ट्रपति

शुक्रबार, १४ जेठ २०७३, १९ : ०६
शुक्रबार, १४ जेठ २०७३

जनकपुरधाम - पूर्व राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक जटिलताको अन्त्यका लागि स्थिर संविधानको खाँचो औंल्याएका छन् ।

धनुषा जिल्लाको बघचौरा उच्च माध्यमिक विद्यालयमा आज आयोजित छात्रछात्रासँग संवाद कार्यक्रममा उनले मधेसीको असन्तुष्टिको सम्बोधन गरी संविधानलाई स्थिरता दिनुपर्नेमा जोड़ दिए।

उनले वार्ता, संवाद र लोकतान्त्रिक प्रक्रियाद्वारा मधेसको समस्या समाधान गर्न सबै दलको भूमिका अपरिहार्य छ भन्दै संविधान संशोधनले समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

एक प्रश्नको जवाफमा पूर्व राष्ट्रपति डा यादवले सङ्घीय संरचना अनुरूप कार्यदिशा तय भएमा केन्द्रको राजस्व केन्द्रमा र राज्यको राजस्व राज्यमा वितरण भई असमानता एवम् विभेद्को अन्त्य हुने धारणा राखे ।

छोराछोरीमा विभेद, बालविवाह, दाइजो र बेरोजगारीको मुख्य जरो समाज, परम्परा, शिक्षा, राजनीति र संस्कृति भएको चर्चा गर्दै उनले समाजमा चेतनाको विकास र अग्रसरताको जरूरी रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामभरोस कापडीÞको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रा. कृष्ण खनाल , पत्रकार राजेन्द्र दाहाल, प्रा।विनय कृसियैत र शिक्षाविद् पुरञ्जन आचार्यले विद्यमान समस्याको समाधानमा सबै पक्षको पहलमा जोड़ दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप