एकताले जनतामा उत्साह र विरोधीमा खल्बली : प्रचण्ड
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड पार्टी एकताले राष्ट्रिय अन्तराष्ट्रियरुपमा क्रान्तिकारीमा नयाँ उत्साहको सञ्चार भएको र प्रतिकृयावादी बृत्तमा खल्वली मच्चिएको दाबी गरेका छन् । शुक्रवार पेरिशडाँडामा क्रान्तिकारी पत्रकारसँग गरिएको अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
क्रान्तिलाइ नयाँ उचाइमा उठाउनका लागि क्रान्तिकारी बीचको एकता अपरिहार्य भएको सन्दर्भ उठाउँदै उनले भने, ‘यो एकता एक पक्षको जीत र अर्को पक्षको हार कदापी होइन ।’ अध्यक्ष प्रचण्डले अगाडि भने, ‘हामी सबै पक्षका क्रान्तिकारीहरु एकढिक्का भएर मात्र जनयुद्धका उपलब्धीको रक्षा र विकास गर्न सक्नेछौं ।’
यो एकताले विरोधीहरुको पैताला मुनिको जमिनमा पहिरो गएको बताउँदै अध्यक्ष प्रचण्डले नेपाल अहिले इतिहासकै गम्भिर मोडमा पुगेको र राष्ट्रको एकता र समृद्धिको लागि परिवर्तनका पक्षधरहरु एकै ठाँउ उभिनुपर्ने भएकोले आफूहरुको बिचमा एकता गर्नुपरेको टिप्पणी गरे ।
कार्यक्रममा बोल्दै अर्का नेता रामबहादुर थापा बादलले पार्टी एकता समयको आवश्यकता र अपरिहार्यता भएको बताए । जनताका आकांक्षा र आवाजलाइ सम्बोधन गर्नको लागि, इतिहासका अभिभारा पुरा गर्नको लागि र क्रान्तिकारीमा आत्मविश्वास पैदा गर्नको लागि एकतामा हाम फालिएको उनको भनाइ थिए ।
संकटको बेलामा क्रन्तिकारी सिद्धान्तको रक्षाको लागि र बिरोधीबाट आउने प्रहारको लागि पाटी एकता गरिएको जिकिर गर्दै नयाँ चिजको विकाश गर्ने नाममा सिद्धान्त नै छोडेर हिंडेकोमा बावुराम भट्टराइलाई इतिहासले कहिल्यै माफी नदिने थापाको टिप्पणी थियो ।
कम्युनिष्ट पार्टीहरु किन फुटिरहन्छन र फुट्नकै लागि किन कम्युनिष्ट पार्टीहरु जन्मिरहन्छन भन्ने प्रश्नको गतिलो जवाफ दिनको लागि आफूहरुले पार्टी एकता गरेको र यो एकताले शहिद, बेपत्तापरिवार, पार्टी कार्यकर्ता र क्रान्तिकारी जनताहरु असाध्यै खुशी भएको थापाको तर्क थियो ।
कार्यक्रमको शुरुवातमा क्रान्तिकारी पत्रकार संघका संस्थापक सदस्य ओम शर्मा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष खिलबहादुर भण्डारी, पत्रकार राजु लामा लगायतले अहिलेको सन्दर्भमा क्रान्तिकारी पत्रकारको भुमिका कस्तो हुने भनेर जिज्ञासा राखेका थिए । कार्यक्रमको संचालन पार्टी प्रबक्ता पम्फा भुसालले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण