बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

समितिले क्षेत्राधिकार मिचेको छैन–प्रभु शाह

शुक्रबार, १४ जेठ २०७३, १७ : २७
शुक्रबार, १४ जेठ २०७३

काठमाडौं–संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिका सभापति प्रभु शाहले आफ्नो समितिले क्षेत्राधिकार नमिचेको दाबी गरेका छन् ।

केही दिनअघि एक दैनिक पत्रिकाले अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समिति कार्यक्षेत्रको विषयमा अस्पष्ट भएको, अस्वस्थ प्रतिस्पर्धा गरेको तथा अन्य समितीसँग समन्वय नगरी छलपल अगाडी बढाएको भन्दै समाचार प्रकाशन गरेको बारे आपत्ति जनाउँदै शाहले आफ्नो समितीलाई बद्नाम गर्ने दुष्प्रयास गरिएको आरोप लगाएका छन् ।

शुक्रवार एक प्रेस विज्ञप्ती जारी गर्दै शाहले भनेका छन्, ‘प्रकाशित समाचार र सम्पादकीयमा उल्लेख भएको हुलाकी सडक अन्य सडकभन्दा पुरानो र महत्वपुर्ण राष्ट्रिय गौरवको सडक हो । भारतीय सहयोगमा निर्माण गरिने हुलाकी सडक नेपाल र भारतबीच भएको एमओयुको गलत प्रावधानकै कारण हुलाकी सडकको निर्माण कार्य अहिलेसम्म अल्झेर अबरुद्ध भएको कुरा घाम जत्तिकै छर्लंग छ ।

यस अवस्थामा हुलाकी सडक आयोजनासँग सम्वन्धित अन्तर्राष्ट्रिय सम्झौताको विषयमा यस समितिले चासो दिनु क्षेत्राधिकारभन्दा बाहिरको विषयको रुपमा प्रचार गर्नु के जायज छ ? के अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरु यस समितिको क्षेत्राधिकार अन्तरगत होइन ? यसरी क्षेत्राधिकारको बिषय स्पष्ट हुँदाहुदै पनि गोलमटोल ढँगले समितिप्रति भ्रम छर्ने कार्य निन्दनीय छ ।’

अन्तरराष्ट्रिय सम्वन्धको विषय नबुझी समाचार एवं सम्पादकीय प्रकाशित गर्नु विषयगत ज्ञानको अभाव भएको भन्दै शाहले आफु सभापति रहेको समितिप्रतिको ‘पूर्वाग्रहको भद्दा प्रदर्शन’ बाहेक केही नभएको भन्दै पुर्वाग्रहभन्दामाथि उठेर समाचार पस्कन सो दैनिकलाई आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप