बागबजारमा ‘प्रम ओली’ले यसरी उद्घाटन गरे ‘ओली एक्सप्रेस’ (फोटोफिचर)
काठमाडौं– शुक्रवार मध्यान्ह प्रधानमन्त्री केपी ओली जस्तै देखिने एकजना बागबजारको भक्तपुर बसपार्क नजिकै पुगे । त्यहाँ पहिले नेविसंघका नेता कार्यकर्ता गित, कविता र मुक्तक भनेर महंगी र कालोबजारीको विरोध गर्दै थिए ।
नक्कली सुरक्षाकर्मीको साथमा पुगेका नक्कली प्रधानमन्त्रीले नक्कली पानीजहाजको उदघाटन गरे । ‘ओलि एक्सप्रेस’ लेखिएको पानीजहाज प्रधानमन्त्री जस्तै देखिने नेताले उद्घाटन गरेको दृश्य बागबजार आसापास रहेका हरु निकै चासोपुर्वक हेरिरहेका थिए ।
यसरी प्रधानमन्त्रीको भेषमा ‘ओली एक्सप्रेस’ उद्घाटन गर्ने सक्कली प्रधानमन्त्री नभएर कलाकार ज्योति काफ्ले हुन् । उनलाई नेपाल विद्यार्थिसंघले कार्यक्रमको अतिथि बनाएर बागबजार लगेको थियो । नेविसंघले आयोजना गरेको यस्तो ब्यंग्यात्मक प्रहसनका क्रममा प्रधानमन्त्रीले हावादारी योजना पस्कन थालेको भन्दै पानीजहाज उद्घाटन गरेको बताइएको छ । ब्यग्य प्रहसनका क्रममा गायिका राधिका हमालले गित प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा सभाषद् रन्जित कर्ण लगायतका कांग्रेस नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण