सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

देबघाट क्षेत्रमा बुद्ध शान्ति पार्क निर्माण गरिने

शुक्रबार, १४ जेठ २०७३, १९ : ११
शुक्रबार, १४ जेठ २०७३

काठमाडौं – गणतान्त्रिक शहीद स्मृति बाटिका निर्माण अभियान समितिले गैडाकोट ३ केलादीमा बुद्ध शान्त पार्क र सिद्धेश्वर महादेब बृद्ध आश्रम निर्माण गर्ने भएको छ । समितिले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पार्कमा महादेबको मन्दिर, बुद्धको मुर्तिर बृद्धाश्रमसहितको भौतिक संरचना करिब डेढ वर्षमा निर्माण सम्पन्न गर्ने जानकारी दियो । धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले थालिएको काममा सहयोग गर्न समितिले सबैसँग आग्रह समेत गरेको छ । देबघाट क्षेत्र विकास समितिले अनुमति दिएको साढे सोह्र कट्ठा जग्गामा निर्माण गरिने पार्ककोलागि मास्टर प्लानसमेत तयार भईसकेको छ । मास्टर प्लानमा मन्दीर मुर्ति र बृद्धाश्रमसहित प्रशासनिक भवन, भजन र ध्यान केन्द्र, चौतारी, बज्र, पञ्चध्यानी, बुद्ध, शान्ति दिप, गाजेबो, माने, छोरतेन पनि स्थापना गरिने छ । कार्यक्रममा उपस्थिति ईन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलसहितका बक्ताहरुले आन्तरिक र धार्मिक पर्यटकलाई आर्कषित गर्न महत्वपूर्ण हुने पार्कमा सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने आवश्यकता औल्याउँदै महान काममा लागेका अभियान कर्तालाई सफलताको शुभकामना दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप