खोलाले बगाएर उदयपुरमा एक वृद्वाको मृत्यु
शनिबार, १५ जेठ २०७३, ०८ : ३६
उदयपुर – उदयपुरको कटारी स्थित तावाखोलाले बगाएर शुक्रबार एक वृद्धाको मृत्यु भएको छ ।
कटारी नगरपालिका–११ स्थित तावाखोलाको दोभानमा नुहाउन गएकी उदयपुर रिस्कु–२ बस्ने ७८ वर्षीया देव कुमारी तिम्सिनालाई खोलाले बगाउँदा मृत्यु भएको हो ।
घरबाट नुहाउन भनि हिँडेकी तिम्सिना फर्कि नआएपछि खोजी गर्दै जाँदा उनको शव खोला किनारमा भेटिएको प्रहरी निरिक्षक मदन गिरीले जानकारी दिए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट खटि गएको प्रहरी टोलीले घटनाको आवश्यक अनुसन्धान गरि शव पोष्ट मार्टमका लागि अस्पताल पठाइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण