उदयपुरमा ‘स्वस्थ बच्चाको प्रतिस्पर्धा’ गराईने
उदयपुर– ग्रामिण भेगका बालबालिकाको शारीरिक अवस्थालाई मजबुत बनाउन हुरण्डेक उदयपुरले ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’ कार्यक्रम संचालन गर्ने भएको छ ।
वर्डभिजन ईन्टरनेसनलको सहयोगमा जिल्लाको १३ पहाडी गाविसका बालबालिकाको पोषण अवस्था सुधार ल्याउन उक्त कार्यक्रम लागू गर्न लागिएको हो ।
हुरण्डेक उदयपुरले मातृशिशु स्वास्थ्य परियोजना अन्तरर्गत आगामी २०१७ मा संचालन गर्ने कार्यक्रमको बारेमा जानकारी दिन जिल्ला स्वास्थ्य कार्यालयमा सम्पन्न बैठकमा कार्यक्रमको बारेमा जानकारी दिईएको हो ।
प्रतिस्पर्धामा सहभागी वालबालिकामध्ये सबैभन्दा स्वस्थ (हेल्दी) लाई नगद पुरस्कार प्रदान गरिने, दोस्रोलाई परामर्श दिईने, तेस्रो स्थान हुने दुब्लालाई पोष्टिक आहारको व्यवस्था गरिदिने र कुपोषित तथा दुब्ला बालबालिकालाई पुनस्र्थापना केन्द्रमा राखि स्वास्थ्यकर्मीको रोहवरमा उपचार गरिने हुरण्डेकका अध्यक्ष दुर्गा कुमार थापा स्वस्तीकले बताए ।
अध्यक्ष थापाले भने– ‘हुरण्डेकले आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउनको लागि आगामी सन् २०१७ मा संचालन हुने कार्यक्रममा उक्त कार्यक्रम लागु गर्न लागिएको हो ।’
५ बर्ष मुनिका बालबालिका र उनीहरुको आमाको स्वास्थ्यमा परिवर्तन ल्याउन उक्त कार्यक्रम संचालन गर्न लागिएको वर्डभिजनका एलपिए मेनेजर कुवेर अधिकारीले बताए । उनले भने– ‘वर्डभिजन ईन्टरनेसनलको कार्यक्रमको मुख्य उद्देश्य भनेको बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउनको लागि हार्डवेयर र सफर्टवेयरको कार्यक्रम गर्दछ ।’
जिल्लाका रौता, खाबु, आँपटार, पोखरी, लाफाँगाउ, जाँते, भुटार, तावाश्री, ओख्ले, लेखगाउँ, लिम्पाटार, इनामे, रुपाटार गाविसहरुबाट सन २०१७ मा संचालन गरिने क्रियाकलापको बारेमा जानकारी दिईएको थियो ।
कार्यक्रममा जिल्ला विकास समिति उदयपुरका योजना अनुगमन तथा प्रशासकीय अधिकृत भिमकान्त पौडेलले गैरसरकारी संस्था सरकारी कार्यालयका साझेदार र सहयोगी हुने भएकाले जिल्ला स्वास्थ्य कार्यालयले आफ्ना स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु समन्वय र सहकार्य गरेर गर्न अनुरोध गरे ।
उनले भने ‘हामीले गैर सरकारी संस्थाले गरेको लगानीले के उपलब्धी भयो भनेर खोज्ने भन्दा पनि दातृ संस्थाहरुले औल्याईएका कमजोरीहरु सरकारी कार्यालयहरुले सुधार गयौं गरेनौ भनेर मनन गर्नु पर्छ ।’
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामविलास यादवले सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको छाती ठूलो बनाउनु पर्छ, हामीले जनताले तिरेको कर खाएरकाले सोच विचार गरेर काम गर्नु पर्ने बताए ।
‘गैरसरकारी संस्था सरकारी कार्यालयका प्रतिस्पर्धी नभएर सहयोगी हुने भएकाले पोषण र स्वास्थ परियोजनालाई हाम्रो पूर्ण सहयोग रहने छ ।’ निमित्त प्रमुख यादवले भने । हुरण्डेकले आगामी बर्ष करिव दुई करोड रकम मातृशिशु स्वास्थ्य तथा पोषण परियोजनामा लगानी गर्ने जनाएको छ ।
स्थानीय तहबाट माग भएर आएका योजनाहरु जिल्ला स्वास्थ्य कार्यालयको स्वीकृतीमा कार्यक्रम संचालन गरिन्छ । हुुरण्डेक र वर्डभिजनले आफ्ना कार्यक्रमहरु स्थानीय तहको माग अनुसार संचालन गर्ने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण