बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अभिभावक गुमाउनुको पीडा

शनिबार, १५ जेठ २०७३, ०८ : ५७
शनिबार, १५ जेठ २०७३
[caption id="attachment_53160" align="alignleft" width="650"] SONY DSC[/caption]

डोटी– डोटीको जिजोडामाडौँ गाविसअन्तर्गत कच्ची सडकमा गत चैत १० गते राति जिप दुर्घटनामा परी ज्यान गुमाउने नौ जना यात्रुको ४५औँ पुण्य तिथिका अवसरमा आयोजना गरिएको शोकसभाका वक्ताले अभिभावक गुमाउनु परेकोमा पीडा व्यक्त गरेका छन् ।

गणेश मावि जैनोली डोटीले शुक्रबार आयोजना गरेको सो शोकसभामा यस क्षेत्रका बुद्घिजीवी, स्थानीयवासी, व्यापारी, राजनीतिक दलका स्थानीय प्रतिनिधिले मुलुककै महत्वपूर्ण व्यक्ति एवम् यस क्षेत्रको अग्रज गुमाएको भन्दै दुःख व्यक्त गरेका हुन् ।

सीताराम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद पन्तले प्रा डा पन्तका अञ्जुलीभरि सगुन, पोल्टाभरि फाग, भुवनेश्वरीलगायतका कृतिको स्मरण गर्दै देशले उनीजस्ता साहित्यकार गुमाएर ठूलो क्षति व्यहोरेको बताए ।

गणेश मावि जैनोलीका प्रधानाध्यापक गिरीराज अवस्थीले साहित्य, शिक्षा र पशु क्षेत्रका हस्ती गुमाउनु पर्दाको पीडालाई आलङ्कन गर्दै सम्पूर्ण सुदूरपश्चिम र देश नै अभिभावक गुमाउनु परेकोमा दुःख व्यक्त गरे ।

सीताराम क्याम्पसका क्याम्पस प्रमुख चेतराज भट्टले शिक्षा क्षेत्रमा स्व व्यक्तिले पु¥याएको योगदानको चर्चा गर्दै उहाँको योगदान लक्ष बाटोलाई कसैले भुल्न नहुने र उनीहरुको अनुसरण गर्दै जानुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज पन्तले सुदूरपश्चिमकै शान राखेका व्यक्तित्व पद्मकन्या क्याम्पस काठमाडौँका तीन प्राध्यापकसहित नौ जना गुमाउँदा यस क्षेत्रलगायत सम्पूर्ण नेपालले नै अभिभावक गुमाउनु परेको उल्लेख गरे ।

बिहान जिप दुर्घटना भएको ठाउँमा जलपान कार्यक्रम गरेपछि सुरु भएको शोकसभाका वक्ताले स्व डा जयराज पन्तलगायत अन्य व्यक्तिको चर्चा गर्दै दुःख व्यक्त गरेका थिए ।

जिप दुर्घटनामा परी पद्मकन्या क्याम्पस काठमाडौँका प्राध्यापक साहित्यकार एवम् डोटेली लोक संस्कृतिका अनुसन्धानकर्ता ६२ वर्षीय डा जयराज पन्त, उनकी धर्मपत्नी ५५ वर्षीया सहप्राध्यापक गुड्डी पन्त तथा भाइबुहारी ५२ वर्षीया सावित्रा पन्त, डा पन्तका काका पशुसेवा निर्देशनालयका पूर्वनिर्देशक र हाल बैतडीमा एक गैरसरकारी संस्थामा कार्यरत डा गणेशराज र उनका भाइ केशवराज पन्तलागायत अन्य चार जनाले ज्यान गुमाएका थिए । गुड्डी र सावित्रा दुवै पद्मकन्या क्याम्पसमै प्राध्यापनरत थिए।

आफ्नो जन्मथलो डोटीको जिजोडामाडौँ गाविस– ८ जैनोली गाउँमा २०७३ वैशाख ३ गतेदेखि सप्ताह यज्ञको आयोजना गर्ने योजनानुसार वाङ्डुग्रीसैनबाट जिजोडामाडौँतर्फ जाँदै गरेको अवस्थामा उनीहरु सवार ना१ज ३२९४ नं को जिप २०६२ चैत महिनाको १० गते राति ९ बजे दुर्घटना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप