उखु खेतीप्रति किसान निरुत्साहित
वीरगन्ज– चिनी कारखानाले समयमा भुक्तानी नदिँदा र उत्पादन भएको उखु समेत विक्री गर्न ठुलै समस्या खेपनु परेपछि पर्साका किसान उखु खेती प्रति निरुत्साहित भएका छन् । गत वर्ष चिनी कारखानाकै कारण उत्पादन भएको उखुलाई किसानले दाउराको रुपमा प्रयोग गर्नु परेपछि यस वर्षा पर्सामा गत वर्षको तुलनामा ३३ प्रतिशतले उखु खेतीमा ह्रास आएको हो । उखु खेतीबाट राम्रो आम्दानी हुन थालोपछि आर्थिक वर्ष २०६९÷०७० मा ६८० हेक्टर जग्गामा उखु खेती लगाइएको तुलनमा २०७०÷०७१ मा एक हजार ४८० हेक्टर र आर्थिक वर्ष २०७१÷०७२ एक हजार ४९० हेक्टर उखु खेती भएको थियो भने चिनी कारखानाले उत्पादित उखु नै लिन नमाने पछि दुःख पाएका किसाले चालु आर्थिका वर्षमा एक हजार हेक्टर जग्गामा मात्र उखु लगाएको जिल्ला कृषि विकास कार्यालय पर्साका प्रविधिक सहायक सुरेश चौरसियाले जानकारी दिए । उनले उत्पादिन उखुलाई विक्री गर्न गत वर्ष किसालाई ठुलै सास्ती खेप्नु परेपछि सोबाट निसार भएका कारण किसानले यस वर्ष ४९० हेक्टर कम जग्गामा उखु खती गरेको बताए ।
बारा,रौतहट र सर्लाहीमा रहेका चिनी कारखानाको बदमासीको कारण किसानले धेरै दुःख पाएको र सरकारले समेत उखु किसानलाई कुनै मद्दत नरहेको कारण यस वर्ष पर्सामा उखु खेती किसान गर्न नमानेको उखु किसान हकहित संरक्षण संर्घष समिति पर्साका अध्यक्ष सहरुम राउत गद्दीले जानकारी दिए । उनले किसानले उत्पादन गरेको उखु राम्रो मुल्यमा र सहज रुपमा विक्रीका लागि सरकारले वातावरण मिलाए पर्सामा हाल भईरहेको उखु खेती चार गुणाले बढाउन सकिने दावी गरे ।
पर्साको उखु खेतीमा आएको ह्रासले चिनी उत्पादनलाई प्रभावित गर्ने र आउने वर्षमा समेत चिनीको मुल्य विद्धी हुने भएकाले किसानलाई उखु खेती तर्फ आकर्षित गर्न सरकारले वातावरण निर्माण गर्नु पर्ने जानकारहरुले बताएका छन् । किसानले खेतमा लगाएको उखु चिनी कारखानाले तोकेको मुल्यमा संकलन गरी समयमै किसानलाई भुग्तानी गर्नसके उखु खेती फस्टाउनुको साथै नेपाल चिनी उत्पादनमा आत्मनिर्भर वन्न सक्ने जानकारहरुको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण