बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नागरिक र प्रहरीबीच समन्वय नहुँदा अपराधिक गतिविधि बढे

शनिबार, १५ जेठ २०७३, ११ : ४४
शनिबार, १५ जेठ २०७३

तुलसीपुर– दाङको पश्चिम गाबिस पबननगर र शान्तिनगरमा अपराधिक गतिबिध बढि हुने गरेको त्यहाँका स्थायिनले बताएका छन् । ईलाका प्रहरी कार्यलय तुलसीपुरले अपराध नियणत्रणका लागी शान्तिनगरमा आयोजना गरेको प्रहरी बस्ती भेटघाट कार्यक्रममा बोल्ने त्यहाँका स्थानियले काठ ओसार पसार , झै झगडा , जुवातास , धम्किका घटना बढि हुने गरेको बताएका हुन् । कार्यक्रममा बोल्ने बक्ताहरुले राजनितिक साँढगाँगले गर्दा बिभिन्न अपराधिक गतिबिध भएपनि प्रहरीले न्युनिकरण गर्न चुकेको बताए । शान्तिनगर तथा पबननगरका घरहरुमा राखेका काठ सबै चोरी भएको र त्यसमा तस्किरमा युवाहरु संगै १५ बर्षिय किशोरहरुको पनि संलग्नता हुने गरेको त्यहाँ नागरीकले जनाएका छन् । त्यहाँ जाँड , रक्सी , गाँजा खाएर होहल्ला अपराधिक क्रियाकलाप हुने गरेको त्यहाँका नागरीकले बताए । त्यहाको सुरक्षालाई मध्यनजगर गरी प्रहरी चौकी थप्नु पर्ने त्यहाँका नागरीकले माग पनि गरेका छन् । पश्चिम दाङमा एउटा मात्रै प्रहरी चौकीले सुरक्षा दिन नसक्ने भन्दै पबननगरमा थप अर्को प्रहरी चौकीको आबश्यकता रहेको त्यहाँका स्थानियले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप