उदयपुर कारागारबाट आठ कैदी छुटे
उदयपुर – गणतन्त्र दिवसको अवसरमा उदयपुर कारागारबाट ८ जना कैदी रिहा भएका छन् । गणतन्त्र दिवस २०७३ को अवसरमा ४० प्रतिशत कैद भुक्तान गरिसकेका आठ कैदी छुटेका हुन् ।
रिहा हुने कैदीहरुमा पौरवा १ पर्साका विजय रायनट, उदयपुरको भुटार ४ का सोम नारायण श्रेष्ठ, कटारी ७ खगेन्द्रबहादुर थापा, कटारी ६ कै चोकबहादुर श्रेष्ठ, अमृत बहादुर विक, खाँबु १ का तिलक विक, त्रियुगा नगरपालिकाका ५ का रामसेवक चौधरी र आँपटार २ का डिल्ली बहादुर राय रहेको जेलर सिताराम कार्कीले बताए ।
जेलर कार्कीले मन्त्रीपरिषदको जेठ १२ गतेको निर्णयानुसार ४० प्रतिशत कैद भुक्तानी गरेका कारागार नियमावली २०२० को नियम २९ बमोजिम छुटेको बताए । रिहा हुनेहरु कर्तव्य ज्यान, सवारी ज्यान, वनपैदावार चोरी तस्करी र रजहनी चोरी मुद्दाका कैदी रहेका छन । ५० जना क्षमताको उदयपुर कारागारमा २ नाबालक, ६ महिला सहित १३९ जना कैदी बन्दी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण