बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पूर्वउपराष्ट्रपतिद्वारा टुँडिखेलको कार्यक्रम बहिष्कार, भन्छन्– ‘राष्ट्रपतिको कार्यक्रममा पनि जान्न'

शनिबार, १५ जेठ २०७३, १२ : १६
शनिबार, १५ जेठ २०७३

काठमाडौ  – गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रम वहिस्कार गरेका गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपति परमानन्द झाले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यक्रम पनि बहिष्कार गर्ने भएका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले आज दिउँसो शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेकी छन् । शनिबार बिहान आयोजित उक्त कार्यक्रम झाले आफूमाथि अपमान गरिएको भन्दै बहिस्कार गरेका थिए ।

कार्यक्रममा बोलाएर बस्न सिट समेत नदिएको उनको गुनासो छ ।

टुँडिखेलमा जस्तै अपमान राष्ट्रपति भवनमा पनि दोहोरिन सक्ने भएकाले आफू नजान लागेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप