गणतन्त्र दिवसमा को–को हुँदैछन् विभूषित ?
काठमाडौ – गणतन्त्र दिवसको अवसरमा शनिबार राष्ट्रपति विद्यादेबी भण्डारीबाट समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गरिने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जननेता मदन भण्डारीलाई नेपाल रत्न मानपदवी (मरणोपरान्त) बाट विभुषित गर्न लागिएको घोषणा गरेको छ । यस्तै गौरव मानपदवीबाट सुशील कोइराला (मरणोपरान्त) र सुवासचन्द्र नेम्वाङलाई विभूषित गरिने भएको छ । यसैगरी महाउज्जवल कीर्तिमय राष्ट्रदीप मानपदवी ५ जना, सुप्रवल जनसेवाश्री ८२ जना, प्रवल जनसेवाश्री मानपदवी १३५ जना र जनसेवाश्री मानपदवी ५१ जना गरि कुल २८७ जनालाई मानपदवी प्रदान गर्ने घोषणा गरिएको छ । यसैगरी १६ जनालाई अलंकार र ६५ जनालाई पदक प्रदान गर्ने घोषणा पनि सरकारले गरेको छ । यस्तै प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिहरुको उद्दार एवं व्यवस्थापन वा प्रकोपको जोखिम न्ूयूनकरण गर्ने कार्यमा प्रशंसनीय काम गर्ने ५६२७९ जनालाई प्रकोप पीडित्तोद्वार पदक प्रदान गरिने घोषणा गरिएको छ ।
पदक पाउनेहरुको सूचि यहाँबाट हेर्नुहोस्खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण