बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बेमौसमी पानीले इँटाभट्टामा करोडौंकोे क्षति

शनिबार, १५ जेठ २०७३, १३ : १९
शनिबार, १५ जेठ २०७३

सिरहा– बेमौसमी पानीले सुकिसकेका इँटा भिज्दा करोडौंको क्षति भएको छ । लगातार केहि दिन देखि परेको अबिरल पानीले पकाउन तयार भएको बीस लाख भन्दा बढी ईटा भीजेर काम नलाग्ने भएको इट्टाभट्टा सञ्चालकहरुले बताएका छन् ।

अकस्मात परेको पानीले पकाउन तयार भएको अवस्थामा रहेको ईटा गल्दा दुई करोड भन्दा बढी मूल्यको क्षति भएको ईटा भट्टा संघ सिरहाका अध्यक्ष चन्द्रप्रदेव यादवले जानकारी दिए । यादवका अनुसार जिल्लामा रहेका ४५ वटा ईटा भट्टाको ईटा गल्दा ईटा व्यवसायी मर्कामा परेका छन् । त्यसैगरी श्री सागर भट्टामा मात्र पानीले भिजेर ७० लाख भन्दा बढीको काचो इँटा गलेको मुरारी प्रसाद दहालले जानकारी दिए । उनका अनुसार गहिरो ठाउँमा पानी जमेको कारण त्यस्ता ठाउँमा रहेका इटा एउटा पनि काम लाग्ने अवस्थामा छैन । त्यसैगरी गोलबजारमा रहेको सागर, गणपति, मुनाल, श्रीराम लगायताका ईटाभट्टाहरुमा पनि ठूलो क्षति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप