बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

गाजाँ फडानीमा प्रहरी र स्थानीयको सक्रियता बढ्यो

शनिबार, १५ जेठ २०७३, १३ : २२
शनिबार, १५ जेठ २०७३

भक्तपुर – जिल्लाका विभिन्न स्थानहरुमा आफै उम्रिएर रहेका गाँजाका वोटहरुलाई युवा युवतीहरुले लागु पदार्थको रुपमा प्रयोग गर्ने क्रम बढेपछि भक्तपुरका स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा नष्ट गर्न थालिएको छ । स्कुल तथा कलेजमा अध्यनरत विद्यार्थीहरुले एकान्त स्थानमा बसेर यस्तो पर्दाथ सेवन गर्ने क्रम बढेको जन गुनासो आएपछि उक्त अभियानको थालनी गरीएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रवक्ता प्रहरी नायव उपरीक्षक शेखर खनाल जानकारी दिएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुर मातहत कार्यालयहरुलाई प्राप्त निर्देशन दिइ स्थानीयको सहयोगमा तिन दिन गाँजा फडानी गर्ने कार्य गरिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक खनालले बताए । यसरी जिल्लाको दुवाकोट, बालकोट, कटुन्जे लगायतका विभिन्न स्थानमा प्रहरीले कार्यालयहरुबाट विभिन्न स्थानमा गरी जम्मा १७ हजार ९ सय वोट गाँजा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप