एकल अभ्यासले पार्टीमा विभाजन ल्याउन सक्छ : एमाले सचिव
भक्तपुर – नेकपा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी भित्र एकल अभ्यास भए पार्टी नै विभाजन हुन सक्ने खतरा औंल्याएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको प्रचार विभागले शनिबार गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव भट्टराईले भने, ‘ विधानमा बहुपदिय प्रणाली भए पनि केही निर्णय एकल भएकाले यस्तो समस्या आएको हो । ’ पार्टी भित्र गरिने आन्तरिक लोकतन्त्रको अभ्यासले एमालेलाई भविष्यमा खतरा हुनेतर्फ सबैले सोच्नु पर्ने समय आएको उनले बताए ।
आफ्नो पार्टीको समस्या आफै मिलेर समाधान गर्नुको विकल्प नभएको भन्दै उनले बाहिर हल्ला गरेर नहिँड्न समेत सबैलाई आग्रह गरेका छन् । कार्यक्रममा पूर्व उद्योग मन्त्री महेश बस्नेत, एमाले बैकल्पीक केन्द्रिय सदस्य सोम मिश्र, सांसद केदार सञ्जेल लगायतले नयाँ संविधानको कार्वान्यवन नै अहिलेको मुख्य चुनौती भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण