बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा विशेष समारोह ( हेर्नुस् १४ तस्बीर)

शनिबार, १५ जेठ २०७३, १३ : ४८
शनिबार, १५ जेठ २०७३
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस, २०७३ का अवसरमा आज टुँडिखेलमा मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा सरिक भएकी छन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, कामु प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । समारोहमा नेपाली सेनाले हेलिकोप्टरबाट पुष्पवृष्टि गर्नुका साथै गणतन्त्र दिवस, २०७३ लेखिएको व्यानर प्रदर्शन गरेको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उपत्यकाका जिविस, नगरपालिका, खेलकुद परिषद्का खेलाडी, स्थानीयले मार्चपास, नृत्य, कवाज व्याण्ड, विविध सांस्कृतिक प्रस्तुति र झाँकी प्रदर्शन गरेका थिए । समारोहमा राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिबाट शान्तिका प्रतीक परेवा उडाइएको थियो । २०६२÷६३ को जनान्दोलनको सफलतापछि गठित जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गरेकाले जेठ १५ लाई गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । तस्बीरहरुः रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप