मनिषा हत्या प्रकरणः आरोपी चौधरीको पोलीग्राफ हुने, सात दिनको म्याद थप गरी अनुसन्धान
नवलपरासी– फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको 'हत्या'मा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरी‘ ‘आशिष’लाई प्रहरीले सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । शुक्रबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएपछि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए । प्रहरी उपरीक्षक चौधरीका अनुसार मनीषाको शव परीक्षण प्रतिवेदन आइतबार आउँदै छ । प्रहरी नियन्त्रणमा रहेका तिलकपुरका २२ वर्षीय आशिषलाई आइतबार नै पोलीग्राफ गरिने भएकाले घटनाबारे थप तथ्य आउने छ ।
सत्र वर्षीया मनीषा नवलपरासीको बर्दघाट– ८ पञ्चनगर, भानुनगर गाउँस्थित आफ्नै निवासमा बिहीबार बिहान मृतावस्थामा फेला परेकी थिइन् । प्रहरीले अभियुक्त चौधरी सहित अन्य एक जनालाई समेत नियन्त्रणमा लिए पनि अन्य एक जनाको नाम सार्वजनिक गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण