बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

‘निजामती कर्मचारीको बोली र व्यवहारमा सुधार आवश्यक’

शनिबार, १५ जेठ २०७३, १४ : ०३
शनिबार, १५ जेठ २०७३

कावासोती- नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालले निजामती कर्मचारीले सेवाग्राहीप्रति गर्ने व्यवहार र बोलीवचनमा सुधार ल्याउन आवश्यक रहेको बताउनुभएको छ । निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन निर्वाचनको सन्दर्भमा नेपाल निजामती कर्मचारी सङ्गठन नवलपरासीले आयोजना गरेको कार्यक्रममा केन्द्रीय अध्यक्ष ढकालले आफनो बानीव्यवहारमा परिवर्तन गरी सेवाग्राहीको मन जित्ने काम गर्न उहाँले सङ्गठनमा आबद्ध कर्मचारीलाई निर्देशन दिनुभयो ।

उहाँले जेठ १९ गते हुने आधिकारिक टे«ड युनियन निर्वाचनपछि कर्मचारीमा रहेका यी सबै संस्कारको व्यवस्थापन हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । निजामती कर्मचारी प्रशासनलाई चुस्त राख्न, सरुवा, बढुवा तथा अन्य सेवा सुविधालाई वैज्ञानिक बनाउन, माथिल्लो तह र तल्लो तहका कर्मचारीबीच रहेको विभेद हटाउन निजामती कर्मचारी सङ्गठनलाई निर्वाचन जिताउन आवश्यक भएको उहाँले बताउनुभयो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप